
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
काठमाडौं, ९ असोज । सरकारले आगामी २१ फागुनको निर्वाचनमा जेन–जी युवालाई मतदानमा सहभागी गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यो अध्यादेश जारी गरेपछि निर्वाचन आयोगले बिहीबारबाटै मतदाता नामावली संकलन शुरू गर्ने भएको छ।
यसअघिको कानुनी व्यवस्थाले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न रोक लगाएको थियो। यसले कात्तिकसम्म १८ वर्ष पुग्ने करिब २४ लाख जेन–जी युवालाई मतदानबाट वञ्चित गर्ने अवस्था थियो। नयाँ अध्यादेशले संसद् विघटन भएर बीचमै निर्वाचन गर्नुपरेमा आयोगले तोकेको समयसम्म नाम दर्ता गर्न सकिने बाटो खोलेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बिहीबारबाटै मतदाता नामावली संकलन शुरू हुने र कात्तिक मसान्तसम्म चल्ने बताए। आयोगसँग जनशक्ति र संरचना तयार रहेकाले कुनै समस्या नहुने उनको भनाइ छ। हालसम्म एक करोड ८१ लाख ६७ हजार ५७० मतदाता दर्ता छन्, र थप २३ लाख ९२ हजार १८८ जेन–जी युवा मतदाता बन्न योग्य छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीले आन्दोलनमार्फत ल्याएको परिवर्तनलाई सम्मान गर्दै उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याइएको बताए। “जेन–जीले विद्रोह गरे, अब मतदान र उम्मेदवारीमार्फत राजनीतिक परिवर्तनमा योगदान दिनुपर्छ,” उनले भने। उनले जेन–जीलाई मतदाता प्रशिक्षण दिएर राजनीतिमा सहभागी गराउने सरकारको योजना रहेको उल्लेख गरे।
मतदाता नामावलीमा कसरी नाम दर्ता गर्ने?
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकता चाहिन्छ। नागरिकता लिएर निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक (फोटो र औँठाछाप) दिनुपर्छ। त्यसअघि आयोगको वेबसाइटमा गएर आफ्नो विवरण (जन्ममिति, ठेगाना, मतदानस्थल) अनलाइन भर्नुपर्छ। त्यसपछि सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिकका लागि बोलाउँछ। यो प्रक्रिया पाँच मिनेटमै सकिन्छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ