
१अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
३आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
४पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
७पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
८पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
९‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
१०पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
११देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं, ९ असोज । सरकारले आगामी २१ फागुनको निर्वाचनमा जेन–जी युवालाई मतदानमा सहभागी गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यो अध्यादेश जारी गरेपछि निर्वाचन आयोगले बिहीबारबाटै मतदाता नामावली संकलन शुरू गर्ने भएको छ।
यसअघिको कानुनी व्यवस्थाले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न रोक लगाएको थियो। यसले कात्तिकसम्म १८ वर्ष पुग्ने करिब २४ लाख जेन–जी युवालाई मतदानबाट वञ्चित गर्ने अवस्था थियो। नयाँ अध्यादेशले संसद् विघटन भएर बीचमै निर्वाचन गर्नुपरेमा आयोगले तोकेको समयसम्म नाम दर्ता गर्न सकिने बाटो खोलेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बिहीबारबाटै मतदाता नामावली संकलन शुरू हुने र कात्तिक मसान्तसम्म चल्ने बताए। आयोगसँग जनशक्ति र संरचना तयार रहेकाले कुनै समस्या नहुने उनको भनाइ छ। हालसम्म एक करोड ८१ लाख ६७ हजार ५७० मतदाता दर्ता छन्, र थप २३ लाख ९२ हजार १८८ जेन–जी युवा मतदाता बन्न योग्य छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीले आन्दोलनमार्फत ल्याएको परिवर्तनलाई सम्मान गर्दै उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याइएको बताए। “जेन–जीले विद्रोह गरे, अब मतदान र उम्मेदवारीमार्फत राजनीतिक परिवर्तनमा योगदान दिनुपर्छ,” उनले भने। उनले जेन–जीलाई मतदाता प्रशिक्षण दिएर राजनीतिमा सहभागी गराउने सरकारको योजना रहेको उल्लेख गरे।
मतदाता नामावलीमा कसरी नाम दर्ता गर्ने?
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकता चाहिन्छ। नागरिकता लिएर निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक (फोटो र औँठाछाप) दिनुपर्छ। त्यसअघि आयोगको वेबसाइटमा गएर आफ्नो विवरण (जन्ममिति, ठेगाना, मतदानस्थल) अनलाइन भर्नुपर्छ। त्यसपछि सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिकका लागि बोलाउँछ। यो प्रक्रिया पाँच मिनेटमै सकिन्छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ