
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ८ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूलाई नेतृत्व परिवर्तन र पार्टी सुधारको सन्देश दिएको छ। यो आन्दोलनले ७४ जनाको ज्यान लियो, सयौं संरचना ध्वस्त भए र सत्तामा उलटफेर भयो। यसले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको मुद्दालाई जोडतोडले उठाएको छ।
कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको माग गर्दै अघि बढेका छन्। उनीहरूले पार्टीको अहिलेको नेतृत्वले यथास्थितिमा रहन खोजेको भन्दै तत्काल विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले पनि यो मागलाई समर्थन गरेका छन्।
सोमबार कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको भेलामा गण्डकीका १३ मध्ये ११ क्षेत्रीय सभापतिहरूले विशेष महाधिवेशनको पक्षमा सहमति जनाए। उनीहरूले अहिलेकै नेतृत्वले आगामी फागुन २१ को चुनावमा पार्टीले ठूलो क्षति बेहोर्ने चेतावनी दिएका छन्। यदि विशेष महाधिवेशन नभए राजीनामा दिने उनीहरूको संयुक्त अडान छ।
लामिछानेले भने, “अहिलेकै नेतृत्वले चुनावमा जाँदा जनताको विश्वास जित्न सकिँदैन। विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ।” तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनाल र बागलुङ क्षेत्र नम्बर २ का सभापति जोकलाल बुढाले पनि पार्टी सुधार र नयाँ नेतृत्वका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए।
बुढाले भने, “पार्टीमा पैसा र गुटको आधारमा टिकट दिने, इमानदार कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्न विशेष महाधिवेशन चाहिन्छ।”
कास्की क्षेत्र नम्बर ३ का सभापति मनोजकुमार गुरुङ र स्याङ्जा क्षेत्र नम्बर २ का सभापति दिलिपप्रताप खाँड भने तत्काल विशेष महाधिवेशनको विपक्षमा छन्। यद्यपि, अधिकांश क्षेत्रीय सभापतिहरूले हस्ताक्षर अभियान चलाएर पनि दबाब दिने योजना बनाएका छन्।
कास्की जिल्ला कार्यसमितिले पनि असोज ५ गते बसेको बैठकमा विशेष महाधिवेशनको माग गरेको छ। कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा बसेको बैठकले मंसिरभित्र विशेष महाधिवेशन गर्न र क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले बताए।
गण्डकीका नेताहरूले विगतको उदाहरण दिँदै विशेष महाधिवेशनले पार्टीको शाख जोगाउन सकिने बताएका छन्। लामिछानेले भने, “२०१४ सालमा विशेष महाधिवेशन गरेर विपि कोइरालाको नेतृत्वमा कांग्रेसले दुई तिहाइ जितेको थियो। अहिले पनि नयाँ नेतृत्वले जनताको विश्वास जित्न सक्छ।”
यदि यही नेतृत्व कायम रहेमा गण्डकीका क्षेत्रीय सभापतिहरूले राजीनामा दिने चेतावनी दिएका छन्। उनीहरूले पार्टीको भविष्य जोगाउन र जनताको विश्वास पुनः प्राप्त गर्न विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा