
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, ८ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूलाई नेतृत्व परिवर्तन र पार्टी सुधारको सन्देश दिएको छ। यो आन्दोलनले ७४ जनाको ज्यान लियो, सयौं संरचना ध्वस्त भए र सत्तामा उलटफेर भयो। यसले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको मुद्दालाई जोडतोडले उठाएको छ।
कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको माग गर्दै अघि बढेका छन्। उनीहरूले पार्टीको अहिलेको नेतृत्वले यथास्थितिमा रहन खोजेको भन्दै तत्काल विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले पनि यो मागलाई समर्थन गरेका छन्।
सोमबार कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको भेलामा गण्डकीका १३ मध्ये ११ क्षेत्रीय सभापतिहरूले विशेष महाधिवेशनको पक्षमा सहमति जनाए। उनीहरूले अहिलेकै नेतृत्वले आगामी फागुन २१ को चुनावमा पार्टीले ठूलो क्षति बेहोर्ने चेतावनी दिएका छन्। यदि विशेष महाधिवेशन नभए राजीनामा दिने उनीहरूको संयुक्त अडान छ।
लामिछानेले भने, “अहिलेकै नेतृत्वले चुनावमा जाँदा जनताको विश्वास जित्न सकिँदैन। विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ।” तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनाल र बागलुङ क्षेत्र नम्बर २ का सभापति जोकलाल बुढाले पनि पार्टी सुधार र नयाँ नेतृत्वका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए।
बुढाले भने, “पार्टीमा पैसा र गुटको आधारमा टिकट दिने, इमानदार कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्न विशेष महाधिवेशन चाहिन्छ।”
कास्की क्षेत्र नम्बर ३ का सभापति मनोजकुमार गुरुङ र स्याङ्जा क्षेत्र नम्बर २ का सभापति दिलिपप्रताप खाँड भने तत्काल विशेष महाधिवेशनको विपक्षमा छन्। यद्यपि, अधिकांश क्षेत्रीय सभापतिहरूले हस्ताक्षर अभियान चलाएर पनि दबाब दिने योजना बनाएका छन्।
कास्की जिल्ला कार्यसमितिले पनि असोज ५ गते बसेको बैठकमा विशेष महाधिवेशनको माग गरेको छ। कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा बसेको बैठकले मंसिरभित्र विशेष महाधिवेशन गर्न र क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले बताए।
गण्डकीका नेताहरूले विगतको उदाहरण दिँदै विशेष महाधिवेशनले पार्टीको शाख जोगाउन सकिने बताएका छन्। लामिछानेले भने, “२०१४ सालमा विशेष महाधिवेशन गरेर विपि कोइरालाको नेतृत्वमा कांग्रेसले दुई तिहाइ जितेको थियो। अहिले पनि नयाँ नेतृत्वले जनताको विश्वास जित्न सक्छ।”
यदि यही नेतृत्व कायम रहेमा गण्डकीका क्षेत्रीय सभापतिहरूले राजीनामा दिने चेतावनी दिएका छन्। उनीहरूले पार्टीको भविष्य जोगाउन र जनताको विश्वास पुनः प्राप्त गर्न विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।