
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको मूल समारोहमा शुक्रबार सम्बोधन गर्दै उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको जोड दिए।
मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउँदै गण्डकी प्रदेश र समग्र मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनुपर्ने आजको आवश्यकता रहेको बताए। “संविधानको भावनालाई जनताको जीवनमा प्रत्यक्ष अनुभव हुने गरी कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ,” उनले भने। उनले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण, भौतिक पूर्वाधारको पुनर्निर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाहरूको विस्तारमा प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकको अग्रगामी परिवर्तनका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न आन्दोलनमा योगदान गर्ने राजनीतिक दल, नागरिक समाज र व्यक्तिहरूप्रति सम्मान व्यक्त गरे। उनले नेपालको संविधानले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको उल्लेख गर्दै यसले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताए।
पछिल्लो समय भदौ २३ र २४ गते भएका आन्दोलनहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई उजागर गरेको उल्लेख गर्दै उनले ती आन्दोलनमा सहादत प्राप्त गर्ने युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गरे। साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्यायपूर्ण छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारले पहल गर्ने बताए।
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित नकारात्मक प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार दृढ रहेको बताए। “राइड सेयरिङमार्फत युवाहरूलाई रोजगारी, चालु खर्च कटौती, कार्यालय समायोजन र मितव्ययी शासन प्रणालीमार्फत हामी सुशासन कायम गर्न प्रतिबद्ध छौँ,” उनले भने।
पोखरालाई पर्यटन राजधानी घोषणा गरी आन्तरिक र बाह्य पर्यटक तथा लगानी भित्र्याउने प्रदेश सरकारको योजनामा हालैका आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले असर पारेको उनले बताए। यस्ता घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र निजी क्षेत्रसँग सहकार्य गरेर लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार सक्रिय रहने उनको भनाइ थियो।
“संविधानले अधिकारमात्र होइन, कर्तव्यको बोध पनि गराएको छ,” उनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई एकजुट हुन म आह्वान गर्छु।” उनले हालैको राजनीतिक घटनाक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गरेको अभिभावकीय भूमिकाप्रति आभार व्यक्त गरे।
अन्त्यमा, मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको आत्मनिर्भर र समुन्नत प्रदेश निर्माणको संकल्पमा सहकार्य गर्न सबै प्रदेशवासीलाई आग्रह गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरे।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा