
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, ४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको मूल समारोहमा शुक्रबार सम्बोधन गर्दै उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको जोड दिए।
मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउँदै गण्डकी प्रदेश र समग्र मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनुपर्ने आजको आवश्यकता रहेको बताए। “संविधानको भावनालाई जनताको जीवनमा प्रत्यक्ष अनुभव हुने गरी कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ,” उनले भने। उनले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण, भौतिक पूर्वाधारको पुनर्निर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाहरूको विस्तारमा प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकको अग्रगामी परिवर्तनका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न आन्दोलनमा योगदान गर्ने राजनीतिक दल, नागरिक समाज र व्यक्तिहरूप्रति सम्मान व्यक्त गरे। उनले नेपालको संविधानले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको उल्लेख गर्दै यसले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताए।
पछिल्लो समय भदौ २३ र २४ गते भएका आन्दोलनहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई उजागर गरेको उल्लेख गर्दै उनले ती आन्दोलनमा सहादत प्राप्त गर्ने युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गरे। साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्यायपूर्ण छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारले पहल गर्ने बताए।
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित नकारात्मक प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार दृढ रहेको बताए। “राइड सेयरिङमार्फत युवाहरूलाई रोजगारी, चालु खर्च कटौती, कार्यालय समायोजन र मितव्ययी शासन प्रणालीमार्फत हामी सुशासन कायम गर्न प्रतिबद्ध छौँ,” उनले भने।
पोखरालाई पर्यटन राजधानी घोषणा गरी आन्तरिक र बाह्य पर्यटक तथा लगानी भित्र्याउने प्रदेश सरकारको योजनामा हालैका आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले असर पारेको उनले बताए। यस्ता घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र निजी क्षेत्रसँग सहकार्य गरेर लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार सक्रिय रहने उनको भनाइ थियो।
“संविधानले अधिकारमात्र होइन, कर्तव्यको बोध पनि गराएको छ,” उनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई एकजुट हुन म आह्वान गर्छु।” उनले हालैको राजनीतिक घटनाक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गरेको अभिभावकीय भूमिकाप्रति आभार व्यक्त गरे।
अन्त्यमा, मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको आत्मनिर्भर र समुन्नत प्रदेश निर्माणको संकल्पमा सहकार्य गर्न सबै प्रदेशवासीलाई आग्रह गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरे।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की