
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
९प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
महान्यायाधिवक्ताको कार्यालय स्रोतका अनुसार, असार १७ मा यो निर्णय सत्ताको दबाबमा भएको थियो। उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले दोपाका लागि सिफारिस गरे पनि माथिल्लो तहबाट आएको राजनीतिक हस्तक्षेपले यो प्रक्रिया रोकियो।
पोखरा, ६ साउन । धर्मको आडमा अपराधको कथा लेख्ने धर्मगुरुहरूको सङ्ख्या नेपाल र भारतमा दिनानुदिन बढ्दो छ। नेपालमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कार मुद्दा र भारतमा आसाराम बापु, राम रहीमजस्ता चर्चित धर्मगुरुहरू जेलको चिसो छिडीमा सडिरहेको वास्तविकता धर्मको पवित्रतामाथि गम्भीर प्रश्न उठाउँछ। सत्ताको पहुँच र प्रभावको आडमा यस्ता अपराधीहरूले कानुनको आँखा छल्ने प्रयास गरिरहेका छन्।
नेपालको सुनसरी जिल्लामा सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको जबरजस्ती करणी मुद्दाले फेरि एकपटक समाजलाई झस्काएको छ। आफ्नै अनुयायीमाथि बलात्कारको आरोपमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले २०७७ मंसिर २२ मा सफाइ दियो। उच्च अदालत विराटनगरले पनि यो फैसला सदर गर्यो। तर, यो मुद्दा सर्वोच्च अदालतमा दोहोर्याएर हेर्न (दोपा) का लागि नजाने महान्यायाधिवक्ताको कार्यालयको निर्णयले ठूलो विवाद सिर्जना गरेको छ।
सुनसरी जिल्लामा सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको जबरजस्ती करणी मुद्दाले फेरि एकपटक समाजलाई झस्काएको छ।
महान्यायाधिवक्ताको कार्यालय स्रोतका अनुसार, असार १७ मा यो निर्णय सत्ताको दबाबमा भएको थियो। उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले दोपाका लागि सिफारिस गरे पनि माथिल्लो तहबाट आएको राजनीतिक हस्तक्षेपले यो प्रक्रिया रोकियो। “फैसला चित्तबुझ्दो थिएन, त्यसैले दोपाका लागि लेखेर पठाएको थिएँ, तर महान्यायाधिवक्ताले के निर्णय गर्यो, थाहा भएन,” न्यौपानेले भने।
मुद्दाको मुख्य प्रमाणका रूपमा पेश भएको अडियो रेकर्ड, जसमा गिरीले पीडितसँग “मबाट गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन” भनेको सुनिन्छ, प्रहरीको विधिविज्ञान प्रयोगशालामा ७६.९ प्रतिशत मिलान भएको थियो। सामान्यतः ५० प्रतिशत मिलान भए पनि प्रमाण मानिन्छ, तर अदालतले विशेषज्ञको योग्यतामाथि प्रश्न उठाउँदै यो प्रमाण अस्वीकार गर्यो। अधिवक्ताहरूले अदालतको यो व्याख्या प्रमाण ऐनविपरीत भएको बताएका छन्।
अडियो रेकर्ड, जसमा गिरीले पीडितसँग “मबाट गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन” भनेको सुनिन्छ, प्रहरीको विधिविज्ञान प्रयोगशालामा ७६.९ प्रतिशत मिलान भएको थियो।
सिद्धबाबाको मुद्दामा पीडितको बयान र अडियो रेकर्डजस्ता प्रमाणलाई बेवास्ता गरिनुले कानुनी प्रक्रियामाथि नै प्रश्न उठेको छ। पीडित पक्षले महान्यायाधिवक्तालाई भेट्न खोज्दा समेत भेट्न नदिएको र “जे हुन्छ, विराटनगरमै हुन्छ” भन्दै फर्काइएको घटनाले सत्ताको प्रभाव स्पष्ट देखिन्छ।
भारतमा धर्मगुरुहरूको कालो कथा
भारतमा पनि धर्मगुरुहरूको अपराधको शृङ्खला लामो छ। आसाराम बापु, गुरमीत राम रहीम सिंह, चन्द्रास्वामीजस्ता चर्चित धर्मगुरुहरू बलात्कार, हत्या र आर्थिक अनियमितताको आरोपमा जेल परेका छन्। आसाराम बापुलाई २०१८ मा एक नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जोधपुर अदालतले आजीवन कारावासको सजाय सुनायो। उनको आश्रममा सयौँ अनुयायीमाथि यौन शोषण भएको खुलासा भएको थियो।
आश्रममा हत्या र यौन शोषणका अनेकौँ घटनाहरू बाहिरिएपछि उनको “सन्त” छवि पूर्ण रूपमा ध्वस्त भएको छ।
त्यस्तै, डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहलाई २०१७ मा दुई अनुयायीमाथि बलात्कारको अभियोगमा २० वर्षको जेल सजाय तोकिएको थियो। उनको आश्रममा हत्या र यौन शोषणका अनेकौँ घटनाहरू बाहिरिएपछि उनको “सन्त” छवि पूर्ण रूपमा ध्वस्त भएको छ।
चन्द्रास्वामी, जसलाई पूर्वप्रधानमन्त्री पी.वी. नरसिम्हा रावको निकट मानिन्थ्यो, विदेशी मुद्रा कानुन उल्लङ्घन र अन्डरवल्र्डसँग सम्बन्ध राखेको आरोपमा जेल परेका थिए। यस्तै, कश्मीरका गुलजार बटलाई २०१२ मा आफ्नै स्कूलमा पढ्ने छात्राहरूमाथि यौन शोषण गरेको अभियोगमा पक्राउ गरिएको थियो।
धर्मको आवरणमा अपराधको जाल
नेपाल र भारतमा धर्मगुरुहरूले आफ्नो प्रभाव र सत्तासँगको सम्बन्धको आडमा अपराध लुकाउने र कानुनबाट उम्कने प्रवृत्ति डरलाग्दो बनेको छ। नेपालमा सिद्धबाबाको मुद्दामा प्रहरीले सुरुमा जाहेरी लिन मानेन। पक्राउ परेपछि पनि उनलाई एक दिन पनि हिरासतमा राखिएन, बरु अस्पतालमा राखियो। सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखे, “जुन देशमा बाबा, पण्डित, मौलवी, पादरी बलात्कारी हुन्छन्, त्यहाँ करोडौँ धर्मको नाममा खर्च हुन्छ।”
“जुन देशमा बाबा, पण्डित, मौलवी, पादरी बलात्कारी हुन्छन्, त्यहाँ करोडौँ धर्मको नाममा खर्च हुन्छ।”
यो प्रवृत्तिले समाजमा धर्मप्रतिको आस्था र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। धर्मगुरुहरूले आफूलाई “ईश्वरको दूत” भन्दै अनुयायीहरूलाई ठग्ने र यौन शोषण गर्ने घटनाहरूले समाजको नैतिक आधारलाई कमजोर बनाएको छ।
कानुनको कमजोरी कि सत्ताको दबाब?
सिद्धबाबाको मुद्दामा महान्यायाधिवक्ताको कार्यालयको निर्णयले सत्ताको दबाबमा कानुनी प्रक्रिया प्रभावित भएको स्पष्ट हुन्छ। पीडितको बयान र अडियो रेकर्डजस्ता ठोस प्रमाणलाई समेत अदालतले अस्वीकार गर्नुले न्याय प्रणालीमाथि प्रश्न उठ्छ। भारतमा पनि यस्ता धर्मगुरुहरूले लामो समयसम्म सत्ताको संरक्षण प्राप्त गरेर अपराध लुकाएका उदाहरणहरू प्रशस्त छन्।
भारतमा पनि यस्ता धर्मगुरुहरूले लामो समयसम्म सत्ताको संरक्षण प्राप्त गरेर अपराध लुकाएका उदाहरणहरू प्रशस्त छन्।
यो अवस्थाले आम नागरिकमा निराशा पैदा गरेको छ। पीडितलाई न्याय दिनुको सट्टा प्रभावशाली व्यक्तिहरूलाई संरक्षण दिने प्रवृत्तिले समाजमा अन्यायको जालो फैलाउँछ। धर्मको पवित्र आवरणमा लुकेर अपराध गर्ने यस्ता धर्मगुरुहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चाल्नु जरुरी छ।
अन्यथा, धर्मको नाममा अपराधको यो कालो सिलसिला चलिरहनेछ, र पीडितहरूको आँसुले समाजलाई थप कमजोर बनाइरहनेछ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी