
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
काठमाडौँ, २६ चैत । हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।
राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् ।
सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।
खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ओली देउवा र प्रचण्डबाट देश सच्चिने र लिकमा आउने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।
शिक्षकहरूको आन्दोलनप्रति सरकारले गरेको व्यवहारलाई उदाहरण दिँदै उनले शिक्षकहरूले भनेमा आफूहरू अहिले नै गएर समर्थन गर्ने र माग पुरा गरिदिने समेत बताए ।
‘आज देश सबै हिसाबले भद्रगोल र बर्बाद अवस्थामा छ । अव यिनीहरूबाट यो देश सच्चिने र लिकमा आउने कुनै सम्भावना छैन’, लिङ्देनले भने, ‘त्यसैले हामीले देशलाई लिकमा ल्याउन र हाम्रो जीवनकालमा देश बनाउन देशव्यापी रूपमा व्यापक जनदाव सिर्जना गर्नुपर्नेछ ।’ उनले प्रदेशस्तरीय कार्यक्रम सकेपछि काठमाडौँ केन्द्रित कार्यक्रम गर्न लागेको जानकारी गराउँदै नेताहरू नसच्चिएसम्म विश्राम नलिने र त्यसका लागि बालुवाटार घेरेर भातपानी बन्द गर्नसम्म पछि नपर्ने चेतावनी दिए ।
‘नसुध्रने हो भने हामी पनि गाली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले चेतावनी दिँदै भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । केपी ओलीजी, गृहमन्त्रीजी शान्ति र अहिंसालाई कमजोरी नठान्नु !’
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै सत्ता सधैँभरि आफ्नो हातमा हुन्छ भनेर नसोच्न गणतन्त्र पक्षधर दलहरूलाई चुनौती दिए । ‘सत्ता सधैँभरि तपाईँको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन्’, प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिँदै उनले भने, ‘जति दिन हाम्रा साथीहरूलाई थुन्नुहुन्छ यो जनमत दिन दुई गुणा रात चौगुना बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको आरोप लगाउँदै लिङ्देनले प्रहरी प्रमुख युवा संघको सहअध्यक्ष रहेको गम्भीर आरोप लगाए ।
‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्याँसका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्याँस कसरी एक्सपाइरी हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको दाबी लिङ्देनको छ । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको दोहो¥याए ।
खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष पशुपति शमशेर राणाले मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त भएको टिप्पणी गरे ।
‘मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त छ । मुलुकमा सुशासन र इमान्दारिता चाहिन्छ’, राणाले भने, ‘अहिलेको सरकारले हाम्रा नेताहरूलाई नियन्त्रणमा लिएर क्रूर काम गरेको छ । तीन कुने घटनाको छानबिन गर्न निष्पक्ष आयोग गठन गरियोस् ।’
अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणहरूको शासन रहेको आरोप लगाए । उनले रावणहरूको शासनले नै देशलाई कमजोर बनाएकाले त्यसलाई मुक्त गर्नुपर्ने धारणा राखे ।
‘नेपालमा अहिले रावणहरूको शासन छ । रावण भनेको के हो ? रावण भनेको अहङ्कार र अरूको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जो जो राजनीतिज्ञहरू छन् उनीहरू यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरे पनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’ –रातोपाटी डटकम
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु