
१सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
२आजदेखि एसईई परीक्षा सुरु
३एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
४इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
५डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
६ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
७व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१०सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
११नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१२अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा, २५ चैत । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।
काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा आज राति ७ः४५ बजे रिसालकोे निधन भएको उनकी छोरी सुष्मा रिसालले बताइन् । मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसाललाई आइतबार नै अस्पताल लगिएको थियो ।
रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित पाटन अस्पताललाई दिने घोषणा यसअघि नै गरेका थिए । त्यही भएर उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।
२९ साउन १९८५ मा भक्तपुरको तिथलीमा जन्मिएका रिसाल घट्टेकुलोस्थित निवास बस्दै आएका थिए । ०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले पछिल्लो रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँदै आएका थिए । उनले ०५६ बाट सुरु गरेको कुरोकन्थो गत २९ साउनमा बिट मारेका थिए । उनले ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला पनि लामो समय चलाएका थिए । उनी नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् । रिसालले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि तथ्यांक विभागमा छँदा उनी लिम्पियाधुरा क्षेत्रको गणनाका लागि पनि पुगेका थिए ।
०४८ को आमनिर्वाचनमा उनले नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर– २ मा चुनाव लडेका थिए । कांग्रेसका जगन्नाथ आचार्यसँग पराजित भए ।
पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षण पुरस्कार प्राप्त गरेका थिए । उनका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनूभवसंग्रह)लगायत पुस्तक प्रकाशित छन् ।
रिसालले ९७औँ जन्मदिनका अवसरमा गत २६ साउनमा तीनवटा कृति सार्वजनिक गरेका थिए । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाको संग्र्रह ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरिएका थिए । रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने