
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा पाँचजनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय २३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण स्याङ्जा वालिङ नगरपालिका वडा नं. १४ का २४ वर्षीय पुरुषको कार्तिक २७ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई डाईवेटिज मलाईटसको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
त्यसैगरी पोखरा–१४ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान १ः५५ गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई डाईवेटिज मलाईटस र हाईपरटेन्सन लगायतका समस्या रहेको अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।
पोखरा–१५ कि ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण कार्तिक २८ गते बेलुका ६ः३० बजे चरक अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा डाईवेटिज मलाईटस, हाईपरटेन्सन र हाईपरथाईरोडिजम लगायतको समस्या रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, पोखरा वडा नं. २६ का ७२ वर्षीय कोरोना संक्रमित महिलाको आज विहान ७ः४५ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको छ । उनलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा वाईल्याट्रल निमोनिया तथा रेस्पिरेटरी फेलिएरको समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण कैं कारण पोखरा–१८ का ४८ वर्षीय पुरुषको आज विहान ९ः३० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको छ । ती पुरुषलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा वाईल्याट्रल निमोनिया तथा रेस्पिरेटरी फेलिएर को समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप नयाँ दुईसय १० जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढि कोरोना संक्रमित कास्की जिल्लामा एकसय ४८ जनामा देखिएको छ । त्यसैगरी पर्वतमा १८ जना, तनहुँमा १४ जना, म्याग्दीमा १० जना, गोरखामा ६ जना, स्याङ्जामा ५ जना, लमजुङमा ५ जना र बागलुङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नवलपरासी, मनाङ र मुस्ताङमा शुन्य कोरोना संक्रमित रहेका छन् ।
आज १२ सय ७९ जनाको पिसिआर परीक्षण गरिएकोमा दुईसय १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो भने एकहजार ६९ जना नेगेटिभ रिपोर्ट आएको थियो । आजमात्र ६१ ज्ना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी यस प्रदेशमा एकहजार आठसय ९५ जना होम आईसोलेसनमा रहेका छन् । यस प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या पाँचहजार एकसय दुई रहेको छ ।
मुलुकभर एकहजार ९४६ सङ्क्रमित थपिए, दुईहजार ५०३ निको भए :
मुलुकभर कोरोना भाइरस एक हजार ९४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो । ती सङ्क्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन । ती सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएकोे छ ।
यस्तै विगत २४ घण्टामा दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय सङ्क्रमित रहेका छन । मन्त्रालयका अनुसार आज १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ । उपत्यकामा ८३५ सङ्क्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।
ती मध्ये आइसियुमा प्रदेश १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन । भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना रहेका छन । पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शुन्य सङ्क्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२० जना रहेका छन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर