
१लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
कास्की, २५ असोज । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो ।
तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो ।
माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित शालिक निर्माण गरेका हुन् ।
सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व ‘हाइक्याम्प’मा मात्र नभइ मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रामा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको जनाइएको छ ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दी हिमाल पदमार्ग विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताउनुभयो । “मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उहाँले पर्यटनमा धेरै कुरा दिनुभएको छ”, उहाँले भन्नुभयो ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्थासम्म ल्याउन गौतमको ठूलो भूमिका रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको र उहाँ मरेर गए पनि इच्छा साकार हुँदैं आएको बताउनुभयो ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुग्ने गरिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ