
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १६ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार रहेको बताएका छन् ।
पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दैं प्रदेश प्रमुख भट्टले भने–‘गुप्तेश्वर महादेव गुफा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य हो ।’
प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउँदै उनले गुफालाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
‘यहाँको टड्कारो आवश्यकता र हाम्रो मुख्य दायित्व भनेको गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण नै होे’, उनले भने–‘स्थानीयबासी, गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना, गुफाको संरक्षणसँगै आफ्नो पनि सुरक्षाका विषय सम्बोधन हुन सक्दछ भन्नेमा सचेत रहनुपर्दछ ।’
वर्षेनी लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक ५ करोड बढी आम्दानी हुने यस गुफाबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै प्रदेश प्रमुख भट्टले जनसहभागिताबाट संचालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरिरहेको भन्दै प्रशांस गरे ।
उनले भने–‘गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु प्रशंसनीय काम हो ।’