
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
११रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, १५ चैत । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ समूहले प्यानल नैं बनाई चुनावी मैदानमा उत्रिएका थिए ।
नेता खगराज अधिकारी प्यानलबाट चुनावी मैदानमा उत्रिएका बैनबहादुरले ५५१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतको अन्तरले पराजित गरेका थिए । अध्यक्षका प्रत्यासी बास्तोलाले ३४७ र अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बरालले १३९ मतान्तरले शिव आचार्यलाई हराएका थिए । बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) २७५ मतले विजयी भएका छन् । लेखबहादुरले ५ सय९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र गुरुङले जम्मा २७५ मत प्राप्त गरेका थिए । युवा संघ र जनप्रतिनिधि हुँदा समेत कुटपिटमा संलग्न, प्राकृतिक स्रोतसाधनको ठेक्कापट्टामा विवादित लेखबहादुर यसअघि पार्टीको उपसचिव थिए । सेती नदीमा घाट र ठेक्कापट्टामा दर्शन लामाको समूह पोखरामा विवादित र संलग्न रहँदैं आएको छ । पार्टीको आडमा उनले सञ्चालन गरेका यस्ता अनेकन् धन्दाहरुका कारण अनन्तः नेता खगराज अधिकारी बदनाम हुने निश्चित छ । त्यसैंगरी, अध्यक्ष बैनबहादुर क्षेत्रीले सचिव लेखबहादुरको धन्दा र गतिविधिमा नियन्त्रण नगर्ने हो भने उनको कार्यकाल सफल हुने देखिदैंन ।
युवा संघ र जनप्रतिनिधि हुँदा समेत कुटपिटमा संलग्न, प्राकृतिक स्रोतसाधनको ठेक्कापट्टामा विवादित लेखबहादुर (दर्शन लामा) यसअघि पार्टीको उपसचिव थिए । सेती नदीमा घाट र ठेक्कापट्टामा दर्शन लामाको समूह पोखरामा विवादित र संलग्न रहँदैं आएको छ । पार्टीको आडमा उनले सञ्चालन गरेका यस्ता अनेकन् धन्दाहरुका कारण अनन्तः नेता खगराज अधिकारी बदनाम हुने निश्चित छ । त्यसैंगरी, अध्यक्ष बैनबहादुर क्षेत्रीले सचिव लेखबहादुरको धन्दा र गतिविधिमा नियन्त्रण नगर्ने हो भने उनको कार्यकाल सफल हुने देखिदैंन ।
त्यसैगरी, उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् ।
यसैगरी, उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार ५८१ मतका साथ बिजयी भएका छन् । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । विश्वकर्माले ३३४ मत प्राप्त गरेका छन् ।
खुल्ला पाँच सदस्यमा मोहन सुवेदीले ६१९, तोरणबहादुर बानियाले ५७७, झपट रानाभाटले ५६७, ईमानराज पौडेलले ५३५ र बलराम पौडेलले ५०८ मत ल्याएर बिजयी भएका छन् । महिला तीन सदस्यमा उषा बरुवालले ५२९, विष्णु सुवेदीले ५०५ र कल्पना भवाँजी क्षेत्रीले ४९७ मत प्राप्त गरेर बिजयी भएका छन् ।
अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । अधिवेशनको लागि ९ सय २६ प्रतिनिधि रहेकोमा ९ सय १५ जना मतदान कार्यमा सहभागी भएका थिए । अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । १० प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४४ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ