
१लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
३आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
४पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
५एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
६बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
७श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१०पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
११समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
दमौली, २४ वैशाख । “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।”
बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।”
उहाँले आजभोलि कहीँकतैमात्रै घाटु नचाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो ।”
आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ । पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ ।
स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो । बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो ।
“पछिल्लो समय घाटु नाच लोप हुँदै गइरहेको छ, गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो ।”
स्थानीय रञ्जित गुरुङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो । “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ”, उहाँले भन्नुभयो ।
घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ । उनीहरूलाई तीन–चार दिन नाच्नसिकाइएको थियो । “अहिलेका पुस्तालाई यसबारेमा जानकारी नै छैन, कन्यालाई पनि नचाउनुअघि सबै कुरा सिकाइसकेका छौँ”, उहाँले भन्नुभयो ।
गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ ।
घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुआत मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ ।
घाटु नृत्यमा वाद्य र साज शृङ्गारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हँुदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ । सतिघाटुमा गुरुबाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृङ्गार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्छन् ।
सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । सदियौँदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हँुदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जित गुरुङले जानकारी दिनुभयो ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ