
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, १५ भदौं । नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गरेका छन् । पार्टीको भेलामा उनले आफु उम्मेदवार वन्न योग्य रहेको दावी गरेको प्रदेश सचिव ठाकुर बरालले जानकारी दिएका छन् ।
सो प्रदेशमा पराजुली सहित १२ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको मुद्दा उठाउंदै आएका युवा नेता पराजुलीले पुराना र पाका नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल गरेका छन् ।
भ्रष्टाचार विरोधी अभियानमा सक्रिय पराजुलीले प्रदेशको दिगो विकास, सुसासन र स्थायित्वका लागि आफ्नो दावी रहेको बताए । अहिले प्रदेश ससदमा जुन वेथिती छ, त्यसले संघियता प्रति वितृष्णा जगाएको छ, प्रदेश सरकारहरूले वित्तीय संघीयताको पक्षमा काम गरेका छैनन्; त्यसैले विकास तथा निर्माणको सबै काम स्थानीय तहलाई दिएर नीति तथा कानुन निर्माण र अनुगमनको काम मात्रै संसदले गर्नुपर्छ पराजुलीले आफ्नो तर्क राखेका छन् ।
‘म संसद विकास कोष बनाएर पैसा बाँड्ने कुराको विपक्षमा छु, म पुल, सड़क बनाउन संसद जाने होईन गरिव, असहाय, महिला, जनजाती र दलित समुदायको हकÞ र अधिकार स्थापित गराउने खालका कानुन बनाउने पक्षमा सदैव वकालत गर्छु’, नेता पराजुलीले भने । आम कार्यकर्ता नेताको फेरो समात्ने, पैसा भए टिकट पाइन्छ भन्ने गÞलत मान्यताका विरूद्ध पनि आफ्नो उम्मेदवारी रहेको पराजुलीको भनाई छ ।
‘आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता बिनाको प्रदेश सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्ध प्रदेश निर्माण गर्न सकिन्न’, नेता पराजुलीले भने–‘अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत सहित चुनावमा जान तयार रहेको छ ।’
जनताको काखदेखि दुःख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्ताबाट अबको चुनावमा उम्मेदवार बन्नुपर्छ भन्ने जोड पनि आफ्नो रहेको पराजुलीको भनाई छ । ‘नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी छ, प्रदेश सभा सदस्यका आकांक्षी पराजुलीले भने ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो