
१कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
३धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
४बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
९‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१०सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
११रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
मुस्ताङ, १ भदौं । मुस्ताङ जिल्लामा अस्पताल स्थापना भएको ४८ बर्षपछि बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । मुस्ताङ जिल्ला अस्पतालको इतिहासमैं पहिलोपटक शल्यक्रिया भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीले बताए ।
‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।
३ महिना अघि प्रसूति शल्यक्रिया सम्बन्धी उपकरण प्राप्त भएसँग दुई महिना लगाएर सम्पूर्ण उपकरण सेटअप गरिएको र सबै व्यवस्थापन मिलेपछि बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भएको अस्पतालका मेसु डा.तिवारीले जानकारी दिए । भौगोलिक हिसाबले विकट मानिएका जिल्लामध्येमा पर्ने मुस्ताङमा सामान्य प्रसूति अप्रेशन हुने भएपछि पोखरा वा काठमाडौं लैजानु पर्ने बाध्यता पनि हटेको छ ।
डा. तिवारीका अनुसार अबदेखि अस्पतालमा हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सामान्य खालका सबै शल्यक्रिया सेवा उपलब्ध हुनेछ । संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगको निरन्तरता भएमा मुस्ताङका जनताले अब यस्ता विषयहरुमा सास्ती भोग्न नपर्ने उनको भनाई छ ।
बुधबार बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीकी २४ वर्षीया अनिता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । अनिताले दुई किलो आठसय ग्रामको बच्चा (छोरा) जन्माएकी थिईन् । यतिबेला आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. तिवारीका अनुसार डाक्टर कुन्दन कर्ण (एमडीजीपी)को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनिलाल परियारको टिमले सफल शल्यक्रिया गरेको हो ।
तिवारी ६ महिनाअघिमात्रै स्थायी नियुक्ति लिएर अस्पताल गएका थिए । संघीय सरकारबाट केही रकम ल्याएर शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । ‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ