
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २८ वैशाख । मतदान गर्न दुई दिन बाँकी रहेसँगै मंगलबार मध्यरातिदेखि मौन अवधि शुरु भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान नसकिन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ । आउँदो शुक्रबार देशभरका सातसय ५३ पालिकामा एकै चरणमा हुन लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मौन अवधि शुरु भएसँगै अब चुनावको प्रचारप्रसार भने गर्न पाइँदैन । मतदातालाई प्रभाव पार्ने गरी कुनै पनि किसिमका गतिविधि गर्न आयोगले पूर्ण बन्देज लगाएको छ । मौन अवधिमा कतिपय उम्मेदवारहरुले मतदातालाई पैसाको प्रलोभन देखाउने, शक्तिको त्रासमा पार्ने लगायतका गतिविधिहरु भित्रभित्रै हुने हुँदा यसतर्फ निर्वाचन आयोग चनाखो रहेको जनाएको छ ।
वैशाख ३० गते शुक्रबार बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैछ । मौन अवधिमा उम्मेदवार‚ राजनीतिक दल‚ तिनका भ्रातृ संगठनले कुनै पनि प्रकारका कार्यशाला, गोष्ठी‚ अन्तरक्रिया, सम्मेलन वा निर्वाचनसँग सम्बन्धित छलफलमा गर्न नपाउने निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख छ ।
यस्तै‚ कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा जनाइएको छ। सामाजिक सञ्जाल‚ अनलाइन‚ छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्षा वा विपक्षमा कुनै सन्देश‚ सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न/गराउन नपाइने उल्लेख छ।
आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार-प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न पनि पाइदैन।’
मौन अवधि शुरु हुनुभन्दा अगाडि राजनीतिक दला वा उम्मेदवारको प्रचारप्रसार सामग्री राखिएको भए हटाउनुपर्ने छ । निर्वाचन वैशाख ३० गते हुँदैछ। ७५३ स्थानीय तहको ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा एक लाख ४५ हजार ११ जना छन्। ती मध्ये ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष छन्। ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा