News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार यस प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ५ का ५९ वर्षी महिलाको कार्तिक १७ गते राती ११ बजे उपचारका क्रममा निधन भएको थियो । उनलाई कार्तिक १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ५५ वर्षी पुरुषको कार्तिक १८ गते विहान ११ः४५ बजे उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई पनि १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

बागलुङ नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण कार्तिक १८ गते विहान १०ः२० बजे निधन भएको छ । त्यसैगरी बागलुङ नगरपालिका वडा नं. ३ का ६१ बर्षीय पुरुषको पनि कार्तिक १७ गते बेलुका ५ः३० बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ५ का ६६ बर्षीय पुरुषको कार्तिक १७ गते विहान २ः१५ बजे कोरोना संक्रमणका कारण निधन भएको छ । उनलाई कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको पनि कार्तिक १७ गते विहान ४ः१५ बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको कार्तिक १७ गते विहान ११ः४५ बजे उपचारका क्रममा मृत्यु भएको छ । उनलाई कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी नवलपरासीपूर्व जिल्ला, देवचुली नगरपालिका वडा नं. ११ का ८० वर्षीय पुरुषको पनि कार्तिक १६ गते विहान ११ः२६ बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।