
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् ।
पोखरा, ४ चैत । सवारी चालक अनुमति पत्रका लागि लिईएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
१६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्दै गरी घुस लिएर लाइसेन्स दिएको आरोपमा नौंजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । कार्यालयका प्रमुख गोकुल शर्मा पौडेलले पोखराबाट २०७४ मंसिर, २०७६ कात्तिक र मंसिरमा सञ्चालन गरेको लाइसेन्स परीक्षामा फेल भएका व्यक्तिलाई पास बनाइदिएको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अख्तियारको आरोप छ ।
त्यसमा अनुसन्धान हुँदा पौडेल लगायतले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित परीक्षार्थीहरूलाई पास र पास भएकालाई फेल गरी प्रयोगात्मक परीक्षाको परिणाम पनि फेरबदल गरेको अख्तियारले जनाएको छ। पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् ।
अख्तियारले उनीसँगै तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरूद्ध मुद्दा दायर गरेको हो।
उनीहरूले १६६ जना परीक्षार्थीहरूको इलेक्ट्रोनिक लाइसेन्स भेहिकल रेजिस्टर सिस्टममा रिजल्ट अपडेट तथा रिजल्ट अप्रुभ गर्ने क्रममा पास गराइदिएको प्रवक्ता भण्डारीले बताए। यस्तै दुई जनाको प्रयोगात्मक परीक्षामा पास भएकाहरूलाई रिजल्ट अपडेट गर्दा फेल गराई जम्मा १६८ जनाको परीक्षा परिणाम फेलबदल गरेको देखिएको अख्तियारले जनाएको छ।
साथै, परिणाम फेरबदल गर्ने कर्मचारीहरूलाई पनि कुनै प्रकारको विभागीय कारबाही नगरेको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले अधिकतम सजाय दिन माग गरेको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन