
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
म्याग्दी, २० कात्तिक । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिनुभयो ।
“स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उहाँले भन्नुभयो “कृषकले गोठबाटै प्रतिगोटा रु. ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।
अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर बिवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु. पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताउनुभयो ।
‘‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ”, उहाँले भन्नुभयो “खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।” मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ । च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा