
१मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
३सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
४स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
७गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
८कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
९२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने पदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने”
ललितपुर । बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकाष्ट) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआइ)को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको जानकारी गराइयो ।
त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा. ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने पदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ ।” जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ ।
मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने जानकारको मत छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिइपिएचइडी) का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उतिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ ।” ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले मूलुकमा मोबाइल प्रयोगकर्ता बढिरहेको अवस्थालाई उजागर गर्दै यसमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न सुझाव दिनुभयो । नेपाल केमिकल सोसाइटीका महासचिव डा.भानुभक्त न्यौपानेले मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न जरुरी रहेको औंल्याउनुभयो ।
डोको रिसाइकल नामक संस्थाका प्रतिनिधि पंकज पञ्जीयारले नेपालमा काम नलाग्ने ब्याट्री व्यवस्थापनमा समस्या रहेको दुःखेसो गर्नुभयो । “नेपाली माटोमा एसिड पनि उतिकै पोखिने गरेको हुँदा यसतर्फ पनि कडा नियम बन्न जरुरी छ ।” मूलकका करोडौँ बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउने दरो नीति नियम खाँचो भइरहेको पञ्जीयारले बताउनुभयो ।
रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको सुझाव दिनुभयो । पूर्व विज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताउनुभयो । नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ती चिजले मानवको दिमागमा समेत असर गर्न नछाड्ने भएकाले यसको प्रदुषण हटाउन विज्ञको सहयोग, सुझाव र सल्लाहका साथसाथै नाष्ट अघि बढ्न चाहेको बताउनुभयो । कार्यक्रमका अन्य वक्ताले नेपालको पानीमा हालसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङ्गमा बढि मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्ने बताउनुभयो ।रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?