
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
ध्रुवसागर शर्मा
गलेश्वर,२९ असोज । नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।
पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताउनुभयो । “घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो”, हुमेनले भन्नुभयो । आजभोलिजस्तो सङ्गीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैँको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उहाँको भनाइ छ ।
सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताउनुभयो । पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उहाँको भनाइ छ ।
केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउनुहुन्छ । किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।
त्यसैगरी दशैँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चङ्गा पछिल्लो समय खुला आकाशमा रङ्गमय चङ्गा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताउनुभयो । अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चङगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइरहेको छ ।
दशैँलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चङ्गा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चङ्गा उडेको दृश्य देखिन्थ्यो तर योपटकको दशैँमा एउटै चङ्गा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताउनुभयो ।
मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चङ्गा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चङ्गा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चङ्गा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताउनुभयो । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की