News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी

कास्कीमा नेता खगराज अधिकारीको प्यानल विजयी, पृथ्वीसुब्बा गुरुङको प्यानल पराजित

पोखरा, १५ चैत । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ समूहले प्यानल नैं बनाई चुनावी मैदानमा उत्रिएका थिए ।

नेता खगराज अधिकारी प्यानलबाट चुनावी मैदानमा उत्रिएका बैनबहादुरले ५५१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतको अन्तरले पराजित गरेका थिए । अध्यक्षका प्रत्यासी बास्तोलाले ३४७ र अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बरालले १३९ मतान्तरले शिव आचार्यलाई हराएका थिए । बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) २७५ मतले विजयी भएका छन् । लेखबहादुरले ५ सय९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र गुरुङले जम्मा २७५ मत प्राप्त गरेका थिए । युवा संघ र जनप्रतिनिधि हुँदा समेत कुटपिटमा संलग्न, प्राकृतिक स्रोतसाधनको ठेक्कापट्टामा विवादित लेखबहादुर यसअघि पार्टीको उपसचिव थिए । सेती नदीमा घाट र ठेक्कापट्टामा दर्शन लामाको समूह पोखरामा विवादित र संलग्न रहँदैं आएको छ । पार्टीको आडमा उनले सञ्चालन गरेका यस्ता अनेकन् धन्दाहरुका कारण अनन्तः नेता खगराज अधिकारी बदनाम हुने निश्चित छ । त्यसैंगरी, अध्यक्ष बैनबहादुर क्षेत्रीले सचिव लेखबहादुरको धन्दा र गतिविधिमा नियन्त्रण नगर्ने हो भने उनको कार्यकाल सफल हुने देखिदैंन ।

युवा संघ र जनप्रतिनिधि हुँदा समेत कुटपिटमा संलग्न, प्राकृतिक स्रोतसाधनको ठेक्कापट्टामा विवादित लेखबहादुर (दर्शन लामा) यसअघि पार्टीको उपसचिव थिए । सेती नदीमा घाट र ठेक्कापट्टामा दर्शन लामाको समूह पोखरामा विवादित र संलग्न रहँदैं आएको छ । पार्टीको आडमा उनले सञ्चालन गरेका यस्ता अनेकन् धन्दाहरुका कारण अनन्तः नेता खगराज अधिकारी बदनाम हुने निश्चित छ । त्यसैंगरी, अध्यक्ष बैनबहादुर क्षेत्रीले सचिव लेखबहादुरको धन्दा र गतिविधिमा नियन्त्रण नगर्ने हो भने उनको कार्यकाल सफल हुने देखिदैंन ।

त्यसैगरी, उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् ।

यसैगरी, उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार ५८१ मतका साथ बिजयी भएका छन् । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । विश्वकर्माले ३३४ मत प्राप्त गरेका छन् ।

खुल्ला पाँच सदस्यमा मोहन सुवेदीले ६१९, तोरणबहादुर बानियाले ५७७, झपट रानाभाटले ५६७, ईमानराज पौडेलले ५३५ र बलराम पौडेलले ५०८ मत ल्याएर बिजयी भएका छन् । महिला तीन सदस्यमा उषा बरुवालले ५२९, विष्णु सुवेदीले ५०५ र कल्पना भवाँजी क्षेत्रीले ४९७ मत प्राप्त गरेर बिजयी भएका छन् ।

अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । अधिवेशनको लागि ९ सय २६ प्रतिनिधि रहेकोमा ९ सय १५ जना मतदान कार्यमा सहभागी भएका थिए । अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । १० प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४४ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ ।