
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, १६ चैत । समाचार लेखेको विषयमा पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिइएको भन्दैं डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य समेत रहेका रेष्टुरेण्ट व्यवसायी मेखबहादुर क्षेत्री (राजु)लाई कारवाही गर्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्कीले माग गरेको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिका महासचिव सन्तोष गौतम र जिल्ला समिति कास्कीका सचिव पुष्प दाहालले छुट्टा–छुट्टैं प्रेस विज्ञप्ति जारी गर्दै भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक पत्रकारिता पेशा गर्न पाउने अवस्थाको र्सिजना गराउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका लेखनाथ समाचारदाता र नेपाल दूत डटकमका प्रधान सम्पादक फणिन्द्र अकिञ्चनले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने २२ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले चैत १३ गते कास्की जिल्ला अदालतमा दायर गरेको मुद्दाका विषयमा समाचार लेखेका थिए ।
सोही समाचारको विषयलाई लिएर यहीं चैत १६ गते मुद्दाका मुख्य आरोपी मेखबहादुर क्षेत्री (राजु)ले पत्रकार फणिन्द्र र उनको परिवारका सदस्यलाई फोन र म्यासेज गरेर धम्क्याएका थिए । अदालतमा सरकारी निकायले मुद्दा दर्ता गरेको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की दिनु दुःखद र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल लगायत नियमनकारी निकायमा उजुरी गरेर कानुनी उपचार खोज्न पाउने व्यवस्था हुँदाहुँदैं पत्रकारलाई धम्काईएको भन्दैं प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
धम्की दिने पूर्वमाओवादी राजु क्षेत्रीले पोखरा–२२ को कित्ता नम्बर १२६२ को राष्ट्रिय वन क्षेत्रमा १७२ वर्ग मिटर क्षेत्रफलको जग्गामा विगत १२ वर्षदेखि गैरकानुनी रुपमा इलाईट क्याफे सञ्चालन गर्दै आईरहेका थिए । अदालतमा दायर भएको मुद्दामा एक लाख जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ ।
साथै राष्ट्रिय वन क्षेत्रको जग्गामा अतिक्रमण गरी राजु क्षेत्रीले निर्माण एवम् सञ्चालन गरेको इलाईट क्याफे रहेको भवन जफत गर्नुका साथै उक्त क्षेत्रलाई राष्ट्रिय वन क्षेत्र कायम गर्न माग गरिएको छ । वन ऐन २०७६ र नियमावली २०७९ अनुसार २२ जना अभियुक्तहरुलाई सजायको माग दावी गर्दै डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत माधुरी खड्काले अभियोग पत्र अदालतमा यहीं चैत १३ गते दर्ता गराएकी थिईन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु