
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखराका गुण्डाहरु, राजनीतिक दल भित्रका माफियाहरु, पत्रकारिताको आवरणमा रहेका तस्करहरु र सरकारी सम्पत्ति हड्प्ने गिरोहका नाईकेहरुसँग अधिकारीको उठबस र हिमचिमका कारण आफ्नै जिल्लावासीले उनलाई रुचाएका थिएनन् । जुन कुरा उनी सुन तस्करीमा सरकारी माफिया भएको पुष्टि भएसँगैं सामाजिक सञ्जालहरुमा छरपष्ट भएको छ ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीको सरकारी माफिया भएको खुलासा भएसँगैं उनी कारवाहीमा परेका छन् । थप अनुसन्धान र कारवाहीका लागि गृह मन्त्रालय तानिएका महानिर्देशक अधिकारीलाई प्रहरीले चाहेको बखतमा पक्राउ गरी जुनसुकै बेला पनि थप अनुसन्धान शुरु गर्न सक्नेछ । सामाजिक सञ्जालमा प्रहरी हिरासतमा रहेका सुन तस्कर तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको सम्बन्धका कारण उनका पुराना कर्तुतहरु पनि उदाङ्गो हुने क्रम बढिरहेको छ । कास्की जिल्ला ढिकुरपोखरी गाविसका स्थायीवासिन्दा झलकराम अधिकारी तत्कालिन पोखरा उपमहानगरपालिकामा दुई दुई पटक कार्यरत छँदा आर्थिक लेनदेन र भ्रष्टाचारमा निकै बदनाम भएका थिए ।
यहाँका तस्कर र माफियाहरुको सेटिङमा राम्रै पैसा कमाएर गएका झलकराम अधिकारीको सुन तस्करी काण्डमा पर्दाफास भएसँगैं उनका पोखराका रहेका गिरोहका सदस्यहरु छटपटिएको प्रष्टै देख्न सकिन्छ । यिनै सरकारी माफिया अधिकारीको भित्री लगानी भएका केही मिडिया हाउस, यहीं गिरोहबाट सञ्चालित केही कथित पत्रकार र व्यवसायी यतिबेला सामाजिक सञ्जालमा एकोहोरो रोदन गरिरहेका छन् । तथापि यहाँका जनताहरुले अधिकारी र उनको गिरोहको व्यापक भण्डाफोर गरिरहेका छन् ।
पोखराका गुण्डाहरु, राजनीतिक दल भित्रका माफियाहरु, पत्रकारिताको आवरणमा रहेका तस्करहरु र सरकारी सम्पत्ति हड्प्ने गिरोहका नाईकेहरुसँग अधिकारीको उठबस र हिमचिमका कारण आफ्नै जिल्लावासीले उनलाई रुचाएका थिएनन् । जुन कुरा उनी सुन तस्करीमा सरकारी माफिया भएको पुष्टि भएसँगैं सामाजिक सञ्जालहरुमा छरपष्ट भएको छ । अधिकारी लगायतको गिरोहसँग मिलेर पोखरामा धन्दा सञ्चालन गर्नेहरुले उनको वचावटका लागि वनावटी तथ्यहरु सार्वजनिक भईरहँदा त्यसको व्यापक विरोध गर्दै अनेकन् व्यवसायमा उनको कालोधनको लगानी र संलग्नता समेत छरपष्ट भईरहेको छ । यसै बिचमा हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘अधिकारीको द्रव्य मोह’ शीर्षकमा तत्कालिन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले व्यक्त गरेका अनुभूतिलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौं । सम्पादक
अधिकारीको द्रव्यमोह !
झलकराम अधिकारी, कास्कीको धर्ती पुत्र नेपाल सरकारको प्रथम श्रेणीको अधिकृत हुँदा, हामी सबै कस्केली जनताले गौरवको अनुभुती गर्नुपर्छ । उहाँसँग मेरो पहिलो चिनजान तत्कालिन निर्वाचित जनप्रतिनिधिविहिन अवस्थामा पोखरा उपमहानगरको कार्यकारी प्रमुख भएर गृह जिल्लामा आउँदा भएको थियो ।
त्यो बेला म पनि पदीय हिसाबले पोखरा उपत्यका नगर विकास समितीको अध्यक्ष रहेको थिए । दुवैजना एउटै जिल्लावासी हुनुको नाताले विगतमा उपमहानगर र उपत्यका नगर विकास विच रहँदै आएको तिक्ततापूर्ण सम्बन्धलाई पनि सुधारेर लैजाने एउटा अवसरका रूपमा मैले लिएको थिए ।
तर उहाँको कार्यशैली, ‘म ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो’ भने जसरी अगाडि बढ्यो । यसै बिचमा तत्कालिन माननीय रवीन्द्र अधिकारी लगायतको एमालेको एउटा समूह र कार्यकारी प्रमुख झलकरामको योजनमा उपत्यका विकास समितिको नाममा श्रेस्तापुर्जा कायम रहेको र उपमहानगर पालिकाले सञ्चालन अनुमति मात्रै प्राप्त गरेको, पोखराको एउटा मात्रै सरकारी स्वामित्वको सभागृह ५० औ बर्षका लागि, निजी क्षेत्रलाई कौडीको मुल्यमा बिक्रि गर्ने निर्णय भयो ।
यो निर्णयका विरुद्ध नागरिक समाजका तर्फबाट उच्च अदालतमा मुद्दा पर्यो । मेरो अध्यक्षतामा रहेको नगर विकास समितिले पनि विक्री गर्ने निर्णय विरुद्ध आवश्यक सम्पूर्ण प्रमाण कागज जुटाएर कानुन व्यवसायी (तत्कालिन कानुनी सल्लाहकार) अधिवक्ता फणीन्द्र कोइराला समेतलाई बहसमा खटाउने निर्णय पश्चात् सम्मानित अदालतबाट उक्त बिक्री सम्झौता खारेजीको आदेश भएको थियो ।
त्यतिमात्र होइन, त्यो समयमा जग्गा प्लटिङ अभियान पनि चलेको थियो । तत्कालिन सराङकोट गाविस हाल पोखरा वडा नं. १८ भकुण्डे जहाँ फेवातालको मापदण्डमा पर्ने जग्गामा नगर विकास समितिको राय बिना नै झलकराम अधिकारीद्वारा स्वीकृत प्रदान गरिएको थियो ।
यी दुबै घटनाको मेरो अध्यक्षताको नगर विकास समितिले सशक्त प्रतिवाद गरेको थियो । यी दुबै काण्डमा ब्यक्तिगत रूपमा मैले पार्टीको ठूलो मान्छेको दवाव र विभिन्न खाले प्रभाव समेत झेल्नु परेको थियो ।
सबै पार्टीको उच्च नेतृत्वसँग सम्बन्ध जोड्न माहिर अधिकारीलाई वर्तमान सरकारले अध्यागमन विभागको महानिर्देशक जस्तो जिम्मेवारी सुम्पेको थियो । उनै निर्देशक रहेको विभागबाट सिनामङ्गलको सडकमा पुग्ने गरी बाहिरीएको चर्चित ‘क्विन्टल सुन–काण्ड’मा समेत उहाँको नाम जोडिनु कुनै आश्चर्य होइन । झलकराम अधिकारीले द्रव्य मोहमा फसेर, जस्तोसुकै कार्य किन नहोस् प्रचलित ऐन कानुन मिचेर, अधिकार क्षेत्र नाघेर, बलमिच्र्यापूर्वक जे पनि गर्न तयार हुन्छन् भन्ने तथ्य पोखराका प्राय सबै सरोकारवाला, बुद्धिजीवी र पत्रकारहरुलाई अवगत नै भएको कुरा हो ।
-प्रकाश खनाल, तत्कालिन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षको सामाजिक सञ्जाल फेसबुकबाट साभार
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ