
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, ५ वैशाख । सरकारी पीडित बचतकर्ताहरुको समस्यालाई राज्य र राजनीतिक दलका नेताहरुले अटेर र वेवास्ता गर्दै जान थालेपछि सशक्त आन्दोलनको तयारी गर्नका लागि ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ गठन गरेका छन् ।
प्रधानमन्त्रीदेखि देशका प्रमुख राजनीतिक दलका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउँदैं सहकारीमा राखिएको बचत फिर्ता गर्न सरकार र सम्बन्धित निकायहरुमा खबरदारी गरिरहँदा पनि वेवास्ता गरिएपछि पीडितहरु एकै ठाउँमा जुटेर दवावमूलक आन्दोलनको तयारीमा जुटेका हुन् ।
आजको भेलामा सूर्यदर्शन सहकारी, ईमेज सहकारी, शिवशिखर सहकारी, मित्रमिलन सहकारी, विन्दवासिनी सहकारी र बलिदानी सहकारीका पीडित बचतकर्ताहरुको उपस्थिति रहेको थियो । पोखराको ट्रेडमलस्थित क्लासिक चुलोमा आज भएको पीडितहरुको भेलाले सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको संयोजकत्वमा कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन गरेका हुन् ।
कास्की सहकारी बचत पीडित संघर्ष समितिको संयोजकमा किरण श्रेष्ठ, सहसंयोजकमा हरिबहादुर खत्री, कोषाध्यक्षमा टंकराज तिमिल्सिना, सचिवमा प्रकाश पौडेल, सहसचिवमा धम पुन, सदस्यहरुमा क्या.ईन्द्रबहादुर गुरुङ, अनुराधा श्रेष्ठ, प्रेम रेग्मी, प्रभा सुवेदी, प्रमिला आचार्य, राजेन्द्र शर्मा, जिवन भट्टराई, वुद्धि पोखरेल र डिल्लीराम पौडेल रहेका छन् ।
आज भएको भेलाले संघर्ष समितिको सहसंयोजकमा ईमेज सहकारीका पीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीका पीडित टंकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीका पीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीका पीडित धम पुन रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विन्दवासिनी सहकारीका पीडित क्या.ईन्द्रबहादुर गुरुङ, सूर्यदर्शन सहकारीका पीडित अनुराधा श्रेष्ठ र प्रेम रेग्मी, मित्र मिलन सहकारीका पीडित प्रभा सुवेदी, शिवशिखर सहकारीका पीडित प्रमिला आचार्य, सूर्यदर्शन सहकारीका पीडित राजेन्द्र शर्मा, बलिदानी सहकारीका पीडित जिवन भट्टराई, ईमेज सहकारीका पीडित वुद्धि पोखरेल र विन्दवासिनी सहकारीका पीडित डिल्लीराम पौडेल रहेका छन् ।
संघर्ष समितिको भेलाले अर्को साता पोखरामा बृहत प्रदर्शनी गर्ने निर्णयसमेत गरेको संयोजक श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठले भने–‘सहकारी पीडितको बचत फिर्ता गर्न भन्दा पनि सरकार र पार्टीहरूले पदको सौदाबाजीमा लागेकाले बाध्य भएर हामीहरु अब दवावपूर्ण र सशक्त आन्दोलनमा जाने निर्णय गर्न परेको हो ।’
‘सरकारले कुनै टेरपुच्छर लगाउने देखिएन, दलहरू पनि पीडितका पक्षमा देखिएनन्,’ संयोजक श्रेष्ठले भने, ‘पीडितहरू आफैं आन्दोलनमा नगईकन हुँदैन भनेर अगाडि बढ्न खोजेका हौं ।’
सरकार र राजनीतिक दलहरूले पीडितको आवाज दबाएको सहकारी पीडित बचतकर्ताहरुले आरोप लगाउँदैं आईरहेका छन् । सहकारीमा राखेको बचत २ वर्षभन्दा लामो समयदेखि फिर्ता नहुँदा कतिपय पीडितको मृत्यु भएको र कतिपय अत्यन्त नाजुक जीवन बिताइरहेको संयोजक श्रेष्ठले बताए ।
पोखरामा आएका बेला प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायतलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको सहकारी पीडित बचतकर्ताहरुले गुनासो गरेका छन् ।
‘नेपालका सबै ठूला नेता, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ज्ञापन पत्र बुझायौं, त्यतिबेला हुन्छ गर्छौं भन्छन्,’ उनले भने, ‘कसैले पनि हाम्रो पीडा बुझेन, अब हामी आवाज बुलन्द बनाउँछौं।’
पीडितहरूले सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, तत्काल पीडितका बचत रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । उक्त माग पुरा नहुँदासम्म आन्दोलनमा जाने पनि निर्णय भएको श्रेष्ठले बताए ।
‘सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरियो, अब आन्दोलनमा जान्छौं,’ उनले भने, ‘हामीलाई देखाएर राजनीतिक सौदाबाजी धेरै भयो, न्यायको कुरै भएन ।’
कास्कीमा खुलेका सहकारीहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोड बढी अपचलन भएका छन् । यसका अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई सहकारी ठगीमा अझै फरार छन् ।
पोखरामै खुलेको अर्को इमेज बचत तथा ऋण सहकारीबाट पोखरामा मात्र करिब १ अर्ब अपचलन भएको छ । पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज सहकारी चलाएका ढोरपाटनका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा फरार छन् ।
यस्तै, मित्रमिलन, शिव शिखर, बलिदानी सहकारीले पनि करोडौं ठगी गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेको छ । यी सबैं सहकारीको रकम हिनामिना र ठगी गर्नेहरु अधिकांश फरार छन् । केही पात्रहरु भने प्रहरीको वेवास्ताका कारण खुलेआम बजारमा डुलिरहेका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ