
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, १८ भदौ । कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको जनाउँदै वक्ताहरूले यसका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक भएको बताउनुभयो ।
पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको र कोरोनाको त्राससँगै सो लगानी जोखिममा परेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले पर्यटनलाई कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । धेरैजसो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमानाका खुलाउनुपर्नेमा वक्ताहरूको जोड छ ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री कानुन निर्माण एवं सहजीकरण गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश र प्रदेश नं २ बीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पोखरा–सिमरा सिधा उडानले दुई प्रदेशबीचको सम्बन्धलाई अझै नजिक तुल्याएको बताउनुभयो ।
पर्यटकका लागि सामाजिक सुरक्षाका साथै भौतिक पूर्वाधार राज्यको दायित्व भएको जनाउँदै मन्त्री कँडेलले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पर्यटकीय नगरी र आर्थिक नगरीबीचको सिधा हवाई सम्पर्कले पर्यटकीय एवं आर्थिक गतिविधि बढेर जाने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकलाई स्वदेशी एवं विदेशी भनेर विभेद गर्न नहुने उल्लेख गर्दै पोखरासँगको पर्यटकीय साझेदारीमा आफूहरू तयार रहेकामा जोड दिनुभयो । विवाहलगायतका समारोह गर्ने गरी पूर्वाधार विकास गर्न सकेमा पनि पर्यटनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाईँले पोखरा–सिमरा सिधा उडानले गण्डकी प्रदेश र प्रदेश नं २ को पर्यटकीय साझेदारीमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण प्रभावित पर्यटनलाई बचाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकारले नियम बनाउने तर कार्यान्वयनमा नल्याउनेजस्ता समस्या रहेकामा जोड दिनुभयो । उहाँले पर्यटनका लागि कर्मचारीलाई बिदा दिने विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक भएको उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि कनेक्टिभिटी अपरिहार्य हुने बताउँदै प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्कलाई विस्तार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सिधा हवाई सम्पर्क महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी आवश्यक भएको उल्लेख गर्नुभयो ।
नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा सिधा उडानका लागि नाट्टाले लामो समयदेखि पहल गरेको र यो सम्भव भएको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय सम्बन्ध र सहकार्य बढेर जाने बताउनुभयो ।
बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले पोखरा–सिमरा उडानले दुई प्रदेशलाई जोड्ने काम गरेको जनाउँदै यस उडानलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं आन्तरिक पर्यटन पुनःउत्थान कार्यक्रमका संयोजक हरिराम अधिकारीले थलिएको पर्यटनलाई बचाइराख्न सरकार र निजी क्षेत्रबीच साझेदारीको विकल्प नभएको उल्लेख गर्दै सरकारले राहत एवं पुनःउत्थानका कार्यक्रमलाई नीतिगतरूपमा मात्र नभई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कोरोनाले थलिएको पर्यटनलाई बचाउनु अहिलेको आवश्यकता भएको पश्चिमाञ्चल होटल सङ्घका द्वितीय उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “सरकार र निजी क्षेत्रबीच साझेदारी गर्दै थलिएको पर्यटनलाई बचाउनु अपरिहार्य छ”, मम्स गार्डेन रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भन्नुभयो, “सरकारले पर्यटन लक्षित प्याकेजका कार्यक्रम घोषणा मात्र गरेर हुँदैन त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।”
नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीका अनुसार पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री कँडेलसहितको पोखरेली टोलीले आज सरोकारवालाबीच थप अन्तक्र्रिया एवं औद्योगिक क्षेत्रको भ्रमण गरी पोखरा फर्कने कार्यक्रम छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई