
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १८ भदौ । कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको जनाउँदै वक्ताहरूले यसका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक भएको बताउनुभयो ।
पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको र कोरोनाको त्राससँगै सो लगानी जोखिममा परेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले पर्यटनलाई कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । धेरैजसो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमानाका खुलाउनुपर्नेमा वक्ताहरूको जोड छ ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री कानुन निर्माण एवं सहजीकरण गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश र प्रदेश नं २ बीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पोखरा–सिमरा सिधा उडानले दुई प्रदेशबीचको सम्बन्धलाई अझै नजिक तुल्याएको बताउनुभयो ।
पर्यटकका लागि सामाजिक सुरक्षाका साथै भौतिक पूर्वाधार राज्यको दायित्व भएको जनाउँदै मन्त्री कँडेलले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पर्यटकीय नगरी र आर्थिक नगरीबीचको सिधा हवाई सम्पर्कले पर्यटकीय एवं आर्थिक गतिविधि बढेर जाने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकलाई स्वदेशी एवं विदेशी भनेर विभेद गर्न नहुने उल्लेख गर्दै पोखरासँगको पर्यटकीय साझेदारीमा आफूहरू तयार रहेकामा जोड दिनुभयो । विवाहलगायतका समारोह गर्ने गरी पूर्वाधार विकास गर्न सकेमा पनि पर्यटनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाईँले पोखरा–सिमरा सिधा उडानले गण्डकी प्रदेश र प्रदेश नं २ को पर्यटकीय साझेदारीमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण प्रभावित पर्यटनलाई बचाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकारले नियम बनाउने तर कार्यान्वयनमा नल्याउनेजस्ता समस्या रहेकामा जोड दिनुभयो । उहाँले पर्यटनका लागि कर्मचारीलाई बिदा दिने विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक भएको उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि कनेक्टिभिटी अपरिहार्य हुने बताउँदै प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्कलाई विस्तार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सिधा हवाई सम्पर्क महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी आवश्यक भएको उल्लेख गर्नुभयो ।
नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा सिधा उडानका लागि नाट्टाले लामो समयदेखि पहल गरेको र यो सम्भव भएको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय सम्बन्ध र सहकार्य बढेर जाने बताउनुभयो ।
बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले पोखरा–सिमरा उडानले दुई प्रदेशलाई जोड्ने काम गरेको जनाउँदै यस उडानलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं आन्तरिक पर्यटन पुनःउत्थान कार्यक्रमका संयोजक हरिराम अधिकारीले थलिएको पर्यटनलाई बचाइराख्न सरकार र निजी क्षेत्रबीच साझेदारीको विकल्प नभएको उल्लेख गर्दै सरकारले राहत एवं पुनःउत्थानका कार्यक्रमलाई नीतिगतरूपमा मात्र नभई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कोरोनाले थलिएको पर्यटनलाई बचाउनु अहिलेको आवश्यकता भएको पश्चिमाञ्चल होटल सङ्घका द्वितीय उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “सरकार र निजी क्षेत्रबीच साझेदारी गर्दै थलिएको पर्यटनलाई बचाउनु अपरिहार्य छ”, मम्स गार्डेन रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भन्नुभयो, “सरकारले पर्यटन लक्षित प्याकेजका कार्यक्रम घोषणा मात्र गरेर हुँदैन त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।”
नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीका अनुसार पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री कँडेलसहितको पोखरेली टोलीले आज सरोकारवालाबीच थप अन्तक्र्रिया एवं औद्योगिक क्षेत्रको भ्रमण गरी पोखरा फर्कने कार्यक्रम छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने