
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ, ४ भदौ । स्थानीय निकायको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो । जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले कतिपय स्थानीय तहमा प्रभावकारी सेवा पनि दिएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधि भने आफ्नै सेवा सुविधामा केन्द्रित भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष पेस गरेको ५८औँ प्रतिवेदनअनुसार ३४३ स्थानीय निकायले रु एक अर्ब ३३ करोड बराबरको सवारी साधन खरिद गरेको पाइएको छ । यस्तै, कानून विपरीत आफ्नै सेवा सुविधा बढाएको, आर्थिक ऐन, विधि तथा कानून विपरीतका सुविधा लिएको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिधिभित्र रही औचित्यताको आधारमा मात्रै खर्च गर्नुपर्ने व्यवस्था भए पनि विविध खर्च शीर्षकमा मात्रै ४७१ स्थानीय तहले रु एक अर्ब ३१ करोड ८८ लाख २० हजार बराबरको खर्च गरेका छन् । यस्तै, ६० स्थानीय तहले वडा सदस्यलगायत जनप्रतिनिधि र कर्मचारीको अवलोकन भ्रमणमा मात्रै रु सात करोड ७८ लाख ८० हजार खर्च गरेका छन् ।
पूँजी निर्माणमा सहयोग नहुने तथा उत्पादनमा वृद्धि गर्ने खर्चलाई निरुत्साहित गर्नुपर्नेमा पूँजीगत शीर्षकमा विनियोजन गरेर चालु प्रकृतिका कार्यमा १२९ स्थानीय तह रु ३६ करोड ७७ लाख ८७ हजार बराबरको खर्च गरेका छन् । महालेखाले पूँजीगत बजेटबाट चालु प्रकृतिका कार्यमा खर्च गर्ने कार्यलाई पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार रौतहटको ईशनाथ नगरपालिकाले साडी, कुर्था वितरणमा रु १० लाख ९७ हजार, फतुवा विजयपुरले साडी, ग्यास वितरणमा रु ८८ लाख ८६ हजार, मौलापुर नगरपालिकाले ग्यास चुल्हो वितरणमा रु ५० लाख ५० हजारसमेत गरी रु एक करोड ५० लाख ३३ हजार बराबरको वितरणमुखी काममा खर्च गरेको पाइएको छ ।
पर्साको कालिकामाई, विन्दवासिनी छिपरमाई, सखुवा प्रसौनी, सर्लाहीको विष्णु र बाराको प्रसौनी गाँउपालिकाले ग्याससेट, ग्यास चुल्हो वितरण गरेको आधारमा रु तीन करोड ५७ लाख ६६ हजार खर्च गरेको छ । धनुषाको हंसपुर नगरपालिकाले दुई आवमा रु १४ लाख ९६ हजार बराबरको मोबाइल वितरण गरेको छ । काठमाडौँको नागार्जुन नगरपालिकाले आगलागी नियन्त्रणका लागि भन्दै रु एक करोड ६९ लाख ४३ हजार बराबरको खर्च गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न महालेखाले निर्देशन दिएको छ ।
आर्थिक सहायताको नाममा ४३६ स्थानीय तहले रु ६२ करोड तीन लाख १० हजार वितरण गरेका छन् । स्थानीय प्रशासन ऐनले आर्थिक सहायता, चन्दा, पुरस्कार तथा संस्थागत अनुदान दिन नपाउने व्यवस्था गरे पनि आर्थिक सहायता वितरण गरिएको छ ।
प्रतिवेदनअनुसार २२५ स्थानीय तहले स्थानीय सङ्घसंस्था, क्लबलाई रु २१ करोड २२ लाख ३६ हजार बराबरको भुक्तानी दिएका छन् । महालेखाले अनुत्पादक तथा वितरणमुखी खर्च नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।
सवारी साधन खरिद नगरेका स्थानीय तहले भाडामा लिएका छन् भने केहीले आन्तरिक आयबाट त्यस्ता सवारी साधन खरिद गरेको भए पनि अधिकांशले वित्तीय समानीकरण अनुदानको बजेट प्रयोग गरेका छन् । त्यस्तै, ५१ स्थानीय तहले ब्याक हो लोडर एक्साभेटरलगायत हेभी मेसिनरी खरिद गरी रु ३३ करोड ५० लाख ५० हजार खर्च गरेका छन् । ती सवारी साधनको मर्मतमा पनि उत्तिकै खर्च भएको छ ।
प्रतिवेदनअनुसार ५२० स्थानीय तहले खरिद गुरुयोजना तथा ४९१ स्थानीय तहले वार्षिक खरिद योजना नै बनाएका छैनन् । कूल ५२९ स्थानीय तहले प्रतिस्पर्धा नै नगराई विभिन्न निर्माण कार्य, वस्तु तथा सेवा सोझै खरिद गरेका छन् । त्यस्तो खरिदमा रु पाँच अर्ब ९२ करोड ५३ लाख ४६ हजार बराबरको खर्च लेखेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रममा पनि अनियमितता भएको पाइएको छ । कूल १७० स्थानीय तहले नागरिकता नम्बर र जन्म मिति एउटै भएका लाभग्राहीलाई रु २२ करोड ५६ लाख ९५ हजार बढी खर्च लेखेका छन् । मृत्यु भएका, दोहोरो नाम भएकालाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यस्तै, ३८ स्थानीय तहले केन्द्रीय सूचना प्रणालीमा नाम समावेश नभएका विभिन्न व्यक्तिलाई रु ७८ करोड ८९ लाख तीन हजार भत्ता वितरण गरेको छ । महालेखाले बढी भुक्तानी दिनेलाई जिम्मेवार बनाई सो रकम असुल गर्नुपर्ने बताएको छ ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय