
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
वासुदेव पौडेल
गण्डकी, ४ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राचीन सम्पदा संरक्षण गर्न थालिएको छ । युगौँदेखिको सम्पदा, संस्कार, संस्कृति एवं इतिहासलाई स्मरणीय बनाउने सोचका साथ संरक्षणमा चासो दिइएकोे हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार जिल्लाकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरदेखि हिमालपारीको जिल्ला मुक्तिनाथसम्म जोड्ने मार्गको नागडाँडास्थित प्राचीन चौतारासहित १७ ऐतिहासिक चौतारा मर्मत गरिएको छ ।
यहाँ ऐतिहासिक महत्वका ८८ चौतारा र ३८ वटा कुवा तथा पोखरी छन् । तीमध्ये वडा नं २ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेस्थित माझखोला र ९ स्थित उल्लेरीको उजेलीलगायत कुवा बस्ती विकास हुँदादेखि नै अस्तित्वमा रहेकाले तिनको विशेष महत्व छ । त्यस्तै ऐतिहासिक मठमन्दिरको सङ्ख्या १५५ छ ।
पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौतारा संरक्षणका साथै प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा संरक्षणमा जोड दिइएको अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।ऐतिहासिक कुवा, पोखरीको संरक्षणका साथै पर्यावरणीय संरक्षणका लागि बोटबिरुवा रोप्ने क्रमलाई पनि अघि बढाइएको छ ।
वडा नं ११ स्थित समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरिएकोे छ । पदयात्रा मार्गमा पर्ने हिमालको छायाँ देखिने रमणीय सो ताललाई लुकेको तालका रुपमा लिइन्छ । वडानं ९ स्थित उल्लेरीको बराह ताल पनि संरक्षण गरिएको उहाँले बताउनुभयो ।
वडा नं ४को सल्यानस्थित ताल चियाउने गरामा रहेको ऐतिहासिक पोखरी र वडा नं ५ स्थित शीतल गुफासंरक्षण गरिएको छ । छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजार प्रयोग नगर्नाका साथै यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गरिएको छ । वडा नं २ रातामाटा चौरस्थित शिवालय मन्दिर परिसरमा १०८ पीपलका बिरुवा रोपिएको छ ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने ऐतिहासिक एवं धार्मिक महत्वको बराह संरक्षणका लागि गाउँपालिकाले चालु आवमा रू १० लाख विनियोजन गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।यस्ता सम्पदाले यहाँको ऐतिहासिक महत्वसमेतलाई उजागर गर्ने भएकाले तीनवटै तहका सरकारले चासो दिनुपर्ने उहाँले बताउनुभयो । छोम्रोङमा ध्यान केन्द्र निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएको व्यावसायी गुरुङले उल्लेख गर्नुभयो ।रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन