
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वासुदेव पौडेल
गण्डकी, ४ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राचीन सम्पदा संरक्षण गर्न थालिएको छ । युगौँदेखिको सम्पदा, संस्कार, संस्कृति एवं इतिहासलाई स्मरणीय बनाउने सोचका साथ संरक्षणमा चासो दिइएकोे हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार जिल्लाकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरदेखि हिमालपारीको जिल्ला मुक्तिनाथसम्म जोड्ने मार्गको नागडाँडास्थित प्राचीन चौतारासहित १७ ऐतिहासिक चौतारा मर्मत गरिएको छ ।
यहाँ ऐतिहासिक महत्वका ८८ चौतारा र ३८ वटा कुवा तथा पोखरी छन् । तीमध्ये वडा नं २ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेस्थित माझखोला र ९ स्थित उल्लेरीको उजेलीलगायत कुवा बस्ती विकास हुँदादेखि नै अस्तित्वमा रहेकाले तिनको विशेष महत्व छ । त्यस्तै ऐतिहासिक मठमन्दिरको सङ्ख्या १५५ छ ।
पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौतारा संरक्षणका साथै प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा संरक्षणमा जोड दिइएको अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।ऐतिहासिक कुवा, पोखरीको संरक्षणका साथै पर्यावरणीय संरक्षणका लागि बोटबिरुवा रोप्ने क्रमलाई पनि अघि बढाइएको छ ।
वडा नं ११ स्थित समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरिएकोे छ । पदयात्रा मार्गमा पर्ने हिमालको छायाँ देखिने रमणीय सो ताललाई लुकेको तालका रुपमा लिइन्छ । वडानं ९ स्थित उल्लेरीको बराह ताल पनि संरक्षण गरिएको उहाँले बताउनुभयो ।
वडा नं ४को सल्यानस्थित ताल चियाउने गरामा रहेको ऐतिहासिक पोखरी र वडा नं ५ स्थित शीतल गुफासंरक्षण गरिएको छ । छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजार प्रयोग नगर्नाका साथै यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गरिएको छ । वडा नं २ रातामाटा चौरस्थित शिवालय मन्दिर परिसरमा १०८ पीपलका बिरुवा रोपिएको छ ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने ऐतिहासिक एवं धार्मिक महत्वको बराह संरक्षणका लागि गाउँपालिकाले चालु आवमा रू १० लाख विनियोजन गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।यस्ता सम्पदाले यहाँको ऐतिहासिक महत्वसमेतलाई उजागर गर्ने भएकाले तीनवटै तहका सरकारले चासो दिनुपर्ने उहाँले बताउनुभयो । छोम्रोङमा ध्यान केन्द्र निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएको व्यावसायी गुरुङले उल्लेख गर्नुभयो ।रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल