News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

७ वर्षीय बालकको हत्या आरोपमा फुलमाया पक्राउ

'लमजुङका राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको हत्या'

लमजुङ । सात बर्षीय बालकको हत्या आरोपमा प्रहरीले फुलमाया कामीलाई पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको हत्या भएको हो ।

सोही ठाउँ बस्ने छिमेकी ४८ वर्षीय फुलमाया कामीले युकेशको हत्या गरेको आरोपमा वैशाख १२ गते घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए । गत चैत ३० गतेदेखि हराई वेपत्ता भएका युकेश वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि अन्दाजी तीनसय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।

७ वर्षीय युकेशलाई घाँटीमा केही चिजवस्तुले प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले बताएको छ । युकेशको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाईएको छ ।

प्रहरीले युकेशको हत्यामा संलग्नको खोजी गर्दा मृतकका आफन्त, घरपरिवार लगायत मृतक जान सक्ने सम्भावित ठाउँहरुमाथि सुक्ष्म रुपमा अनुसन्धान गर्दा छिमेकी फुलमायाको गतिविधि शंकास्पद देखिएपछि पक्राउ गरेको हो । पक्राउ परेका फुलमायालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

डनन्यूज ट्रेन्डिङ