News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बुहारीलाई आगो लगाउने अभियुक्त ७ वर्षपछि पक्राउ

'नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको हो'

बाँके । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका–१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका पीडितका श्रीमान् र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया