
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
कृष्ण दवाडी
पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुनुहुन्छ । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आउनुभएका उहाँले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाउनुभयो ।
कृषक भनेर चिनिँदै आए पनि उहाँले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाउनुभएको थिएन । उमेरले ६९ वर्ष लाग्नुभएका उहाँ अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दैै फिर्ता आउनुपरेको अवस्थामा कृषक परिचयपत्र पाएपछि भण्डारीले खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाहमुखी कृषकको छोरो हुँ, व्यावसायिक कृषिमा लागेको दुई दशकपछि बल्ल परिचयपत्र प्राप्त गरेर हाम्रो पहिचान भेटियो । पेशामा अघि बढ्न हौसला मिलेको छ, कृषिमा लाग्न अझै १० वर्ष आयु बढायो ।” अर्का अग्रज कुखुरापालक कृषक तेजबहादुर भट्टराईले पनि परिचयपत्र पाएपछि उत्साह र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो चिनारी परिचयपत्र पाएपछि खुशी मिलेको छ ।”
गोठ तथा फार्ममा पालेका पशुपंक्षीका आधारमा कृषकलाई विभिन्न सात वर्गमा विभाजन गरी महानगरपालिकाले शुक्रबारदेखि कृषकलाई परिचयपत्र वितरण कार्यक्रम शुभारम्भ गरेको थियो । नेपालमै पहिलोपटक परिचयपत्र वितरणको काम शुरु भएको महानगरको दाबी छ । कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर लामो समय आवाज उठाउँदै आएका कृषक परिचयपत्र हातमा परेपछि उत्साहित भएका छन् । राष्ट्रिय पशुपालक कृषक समाजका गण्डकी प्रदेश अध्यक्ष दीपक तिमिल्सिनाले आफूहरूको वर्षौंदेखिको माग पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर पटक/पटक आवाज उठाएका थियौँ । ढिलै भए पनि हाम्रो माग महानगरले सुनुवाइ गरेको छ, कृषकको बल्ल आज न्वारन भएको महसुस भयो ।” प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि विसं २०७५ र महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार कृषकलाई वर्गीकरण गरी परिचयपत्र प्रदान गरिएको महानगर पशु तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
पशुपालन तथा मत्स्यपालन सङ्ख्याका आधारमा महानगरले किसानलाई सीमान्तकृत कृषक, निर्वाहमुखी कृषक, साना कृषक, व्यवसायी उन्मुख कृषक, उद्यमी कृषक, विशिष्ट कृषक र सौखिन कृषक गरी सात वर्गमा विभाजन गरेको छ । सात वर्गमध्यमा सीमान्तकृत र सौखिन वर्गबाहेकलाई परिचयपत्र वितरण शुभारम्भ गरिएको हो ।
सरकाले वितरण गर्ने अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको र अनुदान दुरुपयोग भएको गुनासालाई अन्त्य गर्नका लागिसमेत कृषक वर्गीकरण र परिचयपत्र वितरणको काम शुरु गरिएको महाशाखा प्रमुख कडरियाको भनाइ छ । उहाँले भन्नुभयो, “सक्कली किसानसम्म अनुदान नपुगेको र विचौलियाको बिगबिगी रहेको गुनासा अन्त्य र सरकारले गरेको लगानी सदुपयोगका लागिसमेत कृषक वर्गीकरण र परिचयपत्र महत्वपूर्ण छ । वर्गीकरणमा परेका र परिचयपत्र पाएकालाई मात्र अब अनुदानलगायत सहयोग कार्यक्रम सञ्चालन गर्दछौँ ।”
भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो ४६४ वर्गकिमी क्षेत्रफलमा फैलिएको पोखरा महानगरको ४० प्रतिशत क्षेत्र कृषियोग्य भूमि रहेको तथ्याङ्क छ । चालीस प्रतिशत वन क्षेत्र रहेकाले समेत यहाँ व्यावसायिक कृषि र पशुपालनको राम्रो सम्भावना रहेकाले कृषकलाई प्रोत्साहन र सम्मानका लागिसमेत परिचपत्र महत्वपूर्ण रहेको बताइन्छ ।
कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले अनुदान सदुपयोग र कृषकको सम्मानका लागि प्रदेश सरकाले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि बनाएको स्मरण गर्दै महानगरले यसको कार्यान्वयन शुरुआत गरेकामा खुशी व्यक्त गर्नुभयो । किसानको सम्मान र प्रोत्साहनका लागिसमेत देशभरका कृषकलाई परिचयपत्र वितरण गरेर सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “कृषकलाई कामको पहिचान दिने काम परिचयपत्रले गरेको छ, कृषक पेन्सन तथा अनुदानका लागिसमेत परिचयपत्रले सघाउ पुग्नेछ ।”
महानगर प्रमुख मानबहादुर जिसीले कृषकले उत्पादन गरेको उपजको बजारको जिम्मा महानगरले लिने बताउनुभयो । परिचयपत्रलाई प्रविधिमैत्री बनाइने बताउँदै उहाँले यसका आधारमा अनुदानलगायत सहयोगका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । परिचयपत्रमा कृषकको नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर, फर्मको नाम, ठेगाना, नागरिकता नम्बर, महानगरको करदाता नम्बर, कृषक वर्गीकृत पहिचान तथा प्यान/भ्याट नम्बर उल्लेख गरिएको छ ।
कार्यक्रममा विशिष्ट आठ जना, उद्यमी पाँच जना, व्यवसायी कृषक १३, व्यवसाय उन्मुख ९८ जना र साना व्यावसायिक कृषक १६४ गरी २८८ लाई परिचयपत्र वितरण गरिएको पशु शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नवीकरण तथा घरेलु कार्यालयमा दर्ता गरी साना कृषकदेखि माथिका वर्गीकृत कृषकलाई परिचयपत्र प्रदान गर्दै जाने योजना रहेको छ ।
पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गीकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गरेर वडाले दर्ता गरेपछि कृषकको वर्ग छुट्टाइएको थियो । एउटामात्र गाई भैँसीको माउ पालेकालाई सीमान्तकृत कृषक, एकदेखि चारवटा माउ हुनेलाई निर्वाहमुखी कृषक, पाँचदेखि नौ वटासम्म साना कृषक तथा १० देखि २९ सम्म व्यवसायी उन्मुख कृषकमा वर्गीकरण गरेको छ ।
त्यसैगरी ३० देखि ५९ सम्म व्यवसायी कृषक, ६० देखि १४९ सम्म उद्यमी कृषक तथा १५० भन्दा माथि गाईभैँसीका माउ पालेकालाई विशिष्ट कृषक भनी वर्ग छुट्टाएको छ । त्यसैगरी दुईदेखि १९ वटासम्म भेडाबाख्राका माउ पालेकालाई निर्वाहमुखी, २० देखि २९ सम्म साना कृषक, ४० देखि ९९ सम्म व्यवसायी उन्मुख, १०० देखि १९९ व्यवसायी, २०० देखि ४९९ सम्म उद्यमी तथा ५०० देखि माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गीकृत गरिएको छ ।
कुखुरापालक कृषकलाई १० देखि ५० सम्म निर्वाहमुखी, ५० देखि ९९९ साना कृषक, एक हजारदेखि दुई हजार ९९९ व्यवसायी उन्मुख, तीन हजारदेखि पाँच हजार ९९९ व्यवसायी, छ हजारदेखि १४ हजार ९९९ उद्यमी र १५ हजारमाथिको सङ्ख्यामा पालेकालाई विशिष्टमा विभाजित गरिएको छ ।
त्यसैगरी एउटा बङ्गुर पाल्ने निर्वाहमुखी, दुईदेखि तीनवटा साना कृषक, चारदेखि छ व्यवसायी उन्मुख, सातदेखि १२ व्यवसायी, १३ देखि २४ सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ । पशु शाखा प्रमुख अधिकारीले भन्नुभयो, “कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भएबमोजिम कृषकको वर्ग पहिचान गरी उनीहरूलाई परिचयपत्र गरेका हौँ, पहिलोपटक शुरु गरिएको यस कार्यक्रमले अनुदान कार्यक्रम पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।”
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर