
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौँ । नेकपा(दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताउनुभएको छ । संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटन सवैधानिक व्यवस्था र वर्तमान चुनौती’ विषयको अन्तरक्रियामा उहाँले प्रधानमन्त्रीको चुनाव गराउने चाहना, निर्वाचन गर्ने परिवेश र निर्वाचन हुने सम्भावना नरहेको विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “विगतको राजनीतिक अस्थिरतालाई हटाउने उद्देश्यले गरिएको सवैधानिक व्यवस्थाको पाटोलाई सीधै अपव्याख्या गरिएको छ, सरकार गणतन्त्र, सङ्घीयता र समावेशिताप्रति संवेदनशील छैन भन्ने संसद् विघटनले पुष्टि गरेको छ ।”
सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवादबाट जनताको अधिकारलाई नै कुल्चने ढङ्गबाट गरिएको प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै सर्वाेच्च अदालतले धेरै ढिला नगरी स्वतन्त्र र निर्भीकताकासाथ संविधानको ठीक ढङ्गले व्याख्या गरी निर्णय दिनुपर्छ भन्नुभयो ।
तत्कालीन संविधान मस्यौदा समितिका संयोजक सिटौलाले भन्नुभयो, “संविधान लेखनका बेला विगतको अस्थिर राजनीतिलाई अन्त्य गर्न दलहरुबीच एकमतले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न दिनुहुन्न भन्ने प्रावधान सम्झीसम्झी राखिएको हो । प्रधानमन्त्रीको अहिलेको कदम संविधान विपरीत छ, यदि अदालतले त्यसलाई अनुमोदन ग¥यो भने मुलुकमा अस्थिरताको प्रस्थान शुरु हुन्छ, आशा गरौँ अदालतले मर्म र भावना बुझेर व्याख्या गर्ने छ ।
जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनले अनुमोदन पाएमा राजनीतिक स्थायित्व अन्त्य भई सत्तारुढ राजनीतिक दलभित्र झगडा हुनासाथ चुनावमै मात्रै जानुपर्छ भन्ने भई अस्थिरताको बाटो खुल्ने विचार राख्नुभयोे ।
पूर्वउपप्रधानमन्त्री यादवले भन्नुभयो,“अहिले प्रतिनिधिसभा विघटनले सङ्घीयता र लोकतन्त्र मात्र होइन, मुलुकको अर्थतन्त्र नै धरापमा पार्छ, यसको पुन:स्थापनाले मात्रै बाटो बिराएको अभ्यासलाई ठीक मार्गमा डो¥याउन सक्छ ।”
पूर्वसभामुख दमननाथ ढुङ्गानाले पूरा कार्यकाल काम गर्न नदिई बीचमै प्रतिनिधिसभा विघटन गर्नु भनेको जनता र राष्ट्रलाई धोका भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको कसैले जवाफदेहिता नलिने हो भने संविधानवाद्को भविष्य छैन, संसद्मा विश्वास र अविश्वासको मतको परीक्षण र निर्णय नभई प्रतिनिधिसभा विघटन हुँदैन ।”
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानमन्त्रीको पछिल्लो कदमले प्रतिनिधिसभा विघटन हो कि संविधान विघटन हो भन्ने प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलका आन्तरिक विवाद्का कारण संविधानलाई अप्ठेरोमा पार्न मिल्छ कि मिल्दैन ? संसद्, राष्ट्रपति र प्रधानमन्त्री कानूनी संस्था भएकाले तोकिएको अधिकारभन्दा बाहिर गएर काम गर्न मिल्दैन । प्रतिनिधिसभाको कार्यकाललाई अन्य बहानाबाजीबाट अन्त्य गर्नु संविधानको मर्म विपरीत हो ।”
अर्का पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकमा जस्दोबल्दो समस्याका रुपमा आएका विषयमा बोल्न नपाउने कस्तो प्रजातन्त्र भनी प्रश्न गर्दै राजनीतिक नेतृत्वबाट सुझबुझपूर्ण निर्णय नहुँदा अस्थिरता निम्तिएको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधिसभा विघटन गरिँदा राज्यका अरु संवैधानिक अङ्ग र संविधानका धारा निष्प्रभावित बन्न पुगेको जनाउँदै अदालतले त्यसलाई सच्याउने छ भन्नुभयो ।राष्ट्रियसभाकै सदस्या जीतेन्द्रनारायण देवले विगतका अभ्यासलाई देखाएर गरिएको प्रतिनिधिसभा विघटनलाई अदालतबाट ठीक ढङ्गबाट व्याख्या हुन सकेन भने देशमा निकै अप्ठेरो परिस्थितिले निरन्तरता पाउने आशङ्का व्यक्त गर्नुभयो ।
तत्कालीन संविधानसभा सदस्य एवं संविधानविद् लक्ष्मणलाल कर्णले विगतमा संविधान निर्माणका बेला भएको गल्तीको उपजका रुपमा प्रधानमन्त्रीको कदम आएको टिप्पणी गर्नुभयो । सो अवसरमा नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, प्रा डा शिलु वज्राचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवरलगायतले प्रधानमन्त्रीको राजनीतिक कदम भए पनि अदालतले सवैधानिक व्याख्याबाट निर्णय सुनाउनुपर्छ भन्नुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !