
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
नारायण ढुङ्गाना
सर्लाही । “पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरु पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो (गाउँलेलाई देखाउँदै), यिनीहरु चोरी गर्न लागे, मलाइ बचाऊ… ।”
मेचीमहाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्मारी चिच्याउनुभयो । “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उहाँका लागि वचन बाण बन्यो । त्यसपछि उहाँ झनक्क रिसाएर लाठी आक्रमणमा उत्रनुभयो । उहाँ त्यति मात्रै बोलेर चुप लाग्नुभएन । फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लाग्नुभयो । पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उहाँले लाठी लिएर लखेट्नुभयो ।
आक्रमणको शिकार हुने डरले उहाँलाई हत्तपत्त कसैले समाउने आँट गरेनन् । साथमा छोराझैँ हुर्काएर पालेको कुकुर उहाँको सहारा बनेर उभिएको थियो । उहाँको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन । जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्याे । केहीबेरको गलफतीपछि उद्धार टोलीले उहाँलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बाहनमा राख्न उत्तिकै कठिन भयो । उहाँलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो । कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन ।
जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उहाँलाई बुधबार उद्धार गरिएको थियो । डोरीको एक छेउ उहाँको कम्मरमा र अर्काे छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो । छिमेकीका अनुसार उहाँले त्यो कुकुर बच्चैदेखि पाल्नुभएको हो । छेउको अर्काे बोरामा चार वटा कुकुरका छाउरासमेत थियो । उहाँको कम्मरमा सम्पत्ति राखनधरनको पोको खुबै संरक्षण गरेर राख्नुभएको थियो । पोको छोयो की आक्रमणमा उत्रनुहुन्थ्यो । पछि पोको खोल्दा एक हजार ६०० नगद फेला परेको थियो ।
छिमेकी गङ्गा बस्नेत कसैले नयाँ कपडा दिँदा उहाँले सबै अगेनामा लगेर डढाउने गरेको सुनाउनुहुन्छ । उहाँका अनुसार परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि सडकमा आउनुभयो ।
उहाँमा यसरी मनोरोग लागेको झण्डै दुई वर्ष भयो । सुधारको कयौँ प्रयास सफल नभएको बताइएको छ । उहाँलाई छिमेकीले नाम दिएका छन् ‘झम्की’ । झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उहाँलाई झम्की भनिएको हो । बस्नेत भन्नुहुन्छ, “तपाइँहरुले उद्धार गर्नुभयो, हामी निक्कै खुशी छौँ, अब यो बाटोमा बिजोग त देख्नु पर्दैन, पुण्य काम भएको छ ।”
मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उहाँलाई उद्धारको प्रयास भएको थियो तर आक्रमण गर्न थालेपछि एक दुई जनाले नसकेर छाडिएको थियो । बुधबार नै अलि पर बजारमा भेटिएका बुद्धिमान वाइबालाई समेत उद्धार गरियो । परिवारमा कोही नभएपछि मागेर खान थालेको बताउने वुद्धिमानलाई पनि जान्न भन्दाभन्दै जबर्जस्ती उठाउनु परेको थियो । अपाङ्ग बुद्धिमान सडक मै मागेर बस्ने भनेर अड्डी कस्नु भएको थियो तर बेसहाराको खोजीखोजी उद्धार गर्न थालेको आश्रमले उहाँलाई सडकमा बस्न दिएन ।
बुधबार यसरी सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई उठाएर यहाँ हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ । उद्धारका क्रममा ३२ वर्षसम्म पिपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिए । उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्राङ्गणमा पुर्याएर नुहाइधुवाई र सरसफाई गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ ।
नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले महत्वपूर्ण अभियानमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिट्टै आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताउनुभयो । उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् । उहाँहरु महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएका व्यक्ति हुन् । शुरुआती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठीदान समेत उठाएको आश्रमले जनाएको छ । “कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ”, पौडेलले थप्नुभयो ।
पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहने जिल्ला बाहिरका धेरै रहेका छन् । अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उहाँले बताउनुभयो । नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाएको छ । एक हप्ताको अन्तरालमा सडकमा रहेका ३०० भन्दा बढीको उद्धार भइसकेको छ । उक्त अभिायन आज वीरगञ्ज र आसपासमा चल्दै छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ