
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
नारायण ढुङ्गाना
सर्लाही । “पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरु पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो (गाउँलेलाई देखाउँदै), यिनीहरु चोरी गर्न लागे, मलाइ बचाऊ… ।”
मेचीमहाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्मारी चिच्याउनुभयो । “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उहाँका लागि वचन बाण बन्यो । त्यसपछि उहाँ झनक्क रिसाएर लाठी आक्रमणमा उत्रनुभयो । उहाँ त्यति मात्रै बोलेर चुप लाग्नुभएन । फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लाग्नुभयो । पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उहाँले लाठी लिएर लखेट्नुभयो ।
आक्रमणको शिकार हुने डरले उहाँलाई हत्तपत्त कसैले समाउने आँट गरेनन् । साथमा छोराझैँ हुर्काएर पालेको कुकुर उहाँको सहारा बनेर उभिएको थियो । उहाँको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन । जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्याे । केहीबेरको गलफतीपछि उद्धार टोलीले उहाँलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बाहनमा राख्न उत्तिकै कठिन भयो । उहाँलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो । कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन ।
जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उहाँलाई बुधबार उद्धार गरिएको थियो । डोरीको एक छेउ उहाँको कम्मरमा र अर्काे छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो । छिमेकीका अनुसार उहाँले त्यो कुकुर बच्चैदेखि पाल्नुभएको हो । छेउको अर्काे बोरामा चार वटा कुकुरका छाउरासमेत थियो । उहाँको कम्मरमा सम्पत्ति राखनधरनको पोको खुबै संरक्षण गरेर राख्नुभएको थियो । पोको छोयो की आक्रमणमा उत्रनुहुन्थ्यो । पछि पोको खोल्दा एक हजार ६०० नगद फेला परेको थियो ।
छिमेकी गङ्गा बस्नेत कसैले नयाँ कपडा दिँदा उहाँले सबै अगेनामा लगेर डढाउने गरेको सुनाउनुहुन्छ । उहाँका अनुसार परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि सडकमा आउनुभयो ।
उहाँमा यसरी मनोरोग लागेको झण्डै दुई वर्ष भयो । सुधारको कयौँ प्रयास सफल नभएको बताइएको छ । उहाँलाई छिमेकीले नाम दिएका छन् ‘झम्की’ । झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उहाँलाई झम्की भनिएको हो । बस्नेत भन्नुहुन्छ, “तपाइँहरुले उद्धार गर्नुभयो, हामी निक्कै खुशी छौँ, अब यो बाटोमा बिजोग त देख्नु पर्दैन, पुण्य काम भएको छ ।”
मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उहाँलाई उद्धारको प्रयास भएको थियो तर आक्रमण गर्न थालेपछि एक दुई जनाले नसकेर छाडिएको थियो । बुधबार नै अलि पर बजारमा भेटिएका बुद्धिमान वाइबालाई समेत उद्धार गरियो । परिवारमा कोही नभएपछि मागेर खान थालेको बताउने वुद्धिमानलाई पनि जान्न भन्दाभन्दै जबर्जस्ती उठाउनु परेको थियो । अपाङ्ग बुद्धिमान सडक मै मागेर बस्ने भनेर अड्डी कस्नु भएको थियो तर बेसहाराको खोजीखोजी उद्धार गर्न थालेको आश्रमले उहाँलाई सडकमा बस्न दिएन ।
बुधबार यसरी सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई उठाएर यहाँ हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ । उद्धारका क्रममा ३२ वर्षसम्म पिपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिए । उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्राङ्गणमा पुर्याएर नुहाइधुवाई र सरसफाई गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ ।
नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले महत्वपूर्ण अभियानमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिट्टै आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताउनुभयो । उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् । उहाँहरु महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएका व्यक्ति हुन् । शुरुआती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठीदान समेत उठाएको आश्रमले जनाएको छ । “कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ”, पौडेलले थप्नुभयो ।
पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहने जिल्ला बाहिरका धेरै रहेका छन् । अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उहाँले बताउनुभयो । नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाएको छ । एक हप्ताको अन्तरालमा सडकमा रहेका ३०० भन्दा बढीको उद्धार भइसकेको छ । उक्त अभिायन आज वीरगञ्ज र आसपासमा चल्दै छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन