
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । यहाँस्थित फेवाताललाई संरक्षण गर्ने उद्देश्यले यसकोे जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिने भएको छ । बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले फेवा जलाधार क्षेत्रअन्तर्गतका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकार भएकाहरुसँग गरेको छलफलमा फेवातालको क्षेत्र दिनानुदिन सङ्कुचित हुँदै गएकाले सरकारले अविलम्ब संरक्षित क्षेत्र घोषणा गरेर संरक्षणका कार्यक्रम ल्याउनुपर्ने माग गरिएको हो ।
बिहीबार पोखरामा फेवा जलाधार क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका १०वटा वडाका जनप्रतिनिधिलगायतसँगको छलफलमा संरक्षित क्षेत्र घोषणाका लागि सहमति प्राप्त भएको सोही आधारमा सरकारलाई संरक्षित क्षेत्र घोषणा गर्न सिफारिस गरिने जिल्ला भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो । जलाधार क्षेत्रमा पर्ने वडा नं १, २, ३, ४, ५, ६, ७, ८, १७ र २२ का सरोकार भएकाहरुसँग छलफल गरिएको थियो ।
सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागि विसं २०६८ चैत २० गते संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्न सरकारलाई निर्देशन गरेकामा विसं २०७५ वैशाख १६ गते पुनः दोस्रो आदेश गरेको थियो । संरक्षित क्षेत्र घोषणा गर्नुअघि पहिलो चरणमा जलाधार क्षेत्रअन्तर्गतबाट सुझाव लिने र घोषणाका लागि सहमति लिने काम सकिएको केन्द्रले जनाएको छ ।
जलाधार क्षेत्रमा पर्ने सबै वडामा पुगेर स्थानीयवासीसँग छलफल गरी राय सुझाव लिने काम सम्पन्न भएको र दोस्रो चरणमा जिल्लामा बृहत् छलफल गरेर सरकारलाई घोषणाका लागि छिट्टै सिफारिस गरिने समन्वय प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षित क्षेत्र घोषणाका लागि सरकारले हामीलाई छिटो काम सम्पन्न गरेर पठाउनुहोस् भनेको छ । घोषणापूर्वको पहिलो चरणको कार्यक्रम सम्पन्न भएकाले अब छिट्टै बृहत् जिल्लास्तरीय कार्यक्रमपछि सरकारलाई सिफारिस गर्छौँ ।”
फेवा जलाधार क्षेत्रमा सबैभन्दा बढी वर्षा हुने भएकाले यस क्षेत्रको भूबनोट खुकुलो भएका कारण बर्सेनि हर्पनखोला, अँधेरीखोला र यसका सहायक खोलाबाट बगाएर ल्याउने ढुङ्गामाटोलगायतका पदार्थले फेवाताल पुरिँदै गएको हुँदा संरक्षित क्षेत्र घोषणापछि समग्र तालको व्यवस्थापनका लागि एकीकृृत कार्ययोजना र एउटै संस्थाबाट व्यवस्थित काम अघि बढाइने बताइन्छ ।
फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले तीन महिनाभित्र आफ्नो समितिले काम सम्पन्न गर्ने र तालको सीमाङ्कनभित्रको दूषित दर्तालाई खारेज गर्न मालपोतलाई सिफारिस गर्ने बताउनुभयो । पोखरा–१ का वडाध्यक्ष शारदा पराजुलीले तालका सम्बन्धमा विभिन्न समयमा सिफारिस तथा कार्ययोजनाको कार्यान्वयन फितलो हुँदा तालको अतिक्रमण बढेको बताउनुभयो ।
छलफलमा सहभागीहरुले जलाधार क्षेत्रमा बिनानाप नक्सा तथा योजना विकासका नाममा सडक खन्ने काम भएकाले बर्खायाममा हिउँदमा खनेको सबै माटो तालमा बगाएर ल्याउने र ताल पुरिने गरेकाले तालको माथिल्लो क्षेत्रको संरक्षणबिना फेवातालको संरक्षण हुन नसक्ने उल्लेख गर्नुभएको थियो । विसं १९५६/५७ मा १० वर्गकिमी आकार रहेको फेवातालको क्षेत्रफल घटेर अहिले चार वर्गकिमीमा खुम्चिएको छ । सरकारले फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कनका लागि समिति गठन गरेर अहिले सो समितिले काम अघि बढाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन