
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । कुनै समय आन्तरिक पाहुनालाई पर्यटक नै नमान्ने र गोरो छालालाई भगवान् ठान्ने व्यवसायीहरु यतिबेला धरासायी बनेको पर्यटन क्षेत्रलाई उठाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटेका छन् । पछिल्लो केही दिन यता निस्किएका पर्यटन व्यवसायीहरुको टोलीलाई हेर्दा उनीहरु आफैंलाई पनि तनावमुक्त बनाउनुका साथै भ्रमणलाई सन्देशात्मक बनाउन प्रयत्नशिल देखिन्छन् ।
पछिल्लो पटक जाउँ हैं पोखरा अभियानलाई निरन्तरता दिदैं नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पोखराका पर्यटन व्यवसायीहरुको टोली तीनदिने भ्रमणमा भोलिदेखि जाँदंैछ । यो भ्रमण टोलीमा पोखराका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र केही पत्रकार गरी १५ जनाको सहभागिता रहने छ ।
खासगरी आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर यस्तो अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभएको छ । यही मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने अभियानमा जनकपुर, पर्सा, विरगंज, विराटनगर र चितवनसम्म टोलीले यात्रा गर्नेछ । अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले स्पष्ट पार्नुभयो ।
नेपालमा सरकार र विद्रोही पक्षविच सशस्त्र द्वन्द्व भईरहेको अवस्थामा संघले १८ बर्ष अघि यो अभियानको सुरुवात गरेको थियो । यसपटक कोभिड १९ बाट थला परेको पर्यटन क्षेत्रलाई राहत पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यका साथ भ्रमणको आयोजना गरिएको आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले जानकारी दिनुभयो ।
विश्वव्यापी महामारीका कारण कतिपय पर्यटन व्यवसायीहरुले घरभाडा, बैंकको सावाँ तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको पर्यटन व्यवसायीहरुको भनाई छ । त्यसो त धेरैले यस क्षेत्रबाट रोजगारी पनि गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ । नेपालले भोगेको १० बर्षे आन्तरिक सशस्त्र द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएका थिएनन् । महाभूकम्प पछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको थियो । तर यसपटक स्थिति कहालीलाग्दो भएको पर्यटन व्यवसायीहरुको दुखेसो छ ।
कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैं भ्रमणबाट आन्तरिक पर्यटकहरुको आगमन बढ्छ कि भन्ने आशा बोकेर व्यवसायीहरु भ्रमणमा जान लागेका हुन् । त्यसो त पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पूर्वी नेपालदेखि सुदुर पश्चिमसम्म यात्रा गर्दै आईरहेका छन् । पोखराका पर्यटन व्यवसायीहरु यस्ता भ्रमणले आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्दछन् । त्यसो त पछिल्लो समय पोखराबाट विभिन्न टोलीहरु पर्यटन प्रवद्र्धनका नाममा भ्रमणमा निस्किई रहेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता