
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन रु ५६ करोडको व्यवस्था गरिएको छ ।’
काठमाडौँ । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो ।
स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् । प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।
अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ३०९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिनुभयो ।
शिलान्यास भएका अस्पतालको भवनको उद्घाटन पूर्वप्रधानमन्त्री, मन्त्रीगण, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखले एकैसाथ आज गर्नुभएको थियो । सात सय ५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
उहाँले शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने जानकारी दिनुभयो । “जग्गा प्राप्तिका विषयहरु समाधान गरेर यहीँ मङ्सिरभित्र शिलान्यास हुनेछ”, उहाँले भन्नुभयो, “८७ स्थानीय तहमा आधारभूत भवन र चार वटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ ।”

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नागडाँडामा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष युवराज कुँवर ।
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो ।
यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गर्नुभएको थियो । सोहीअनुसार आजै अर्थमन्त्री पौडेलले ललितपुरका गोदावरी नगरपालिकाको १५ श्ययाको अस्पतालको भवन, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गर्नुभएको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नुभएको थियो ।
सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । सहप्रवक्ता डा अधिकारीले ३९६ स्थानीय तहका लागि ५८ अर्ब र सरुवा रोग अस्पताल र आकस्मिक उपचार विभागसहितका सबै अस्पतालका लागि अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता भई बहुवर्षिय ठेक्का प्रणालीअनुसार आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिनुभयो ।
निर्माण हुन बाँकी रहेका अस्पतालको हकमा आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने छ । उहाँले शिलान्यास भएका ३०९ र शिलान्यास हुन बाँकी भएका ८७ स्थानीय तहका अस्पतालको भवन आगामी दुई वर्षभित्र बनिसक्ने बताउनुभयो ।
आज शिलान्यास भएकासँगै स्थानीय तहमा कूल चार हजार ८७५ श्यया, ९७५ चिकित्सकसहित ९७ हजार ६५२ जनशक्ति हुने छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह भई स्वास्थ्य सेवाको पहुँचबाट सबै नागरिकलाई सेवा प्रदान हुने विश्वास लिइएको बताउनुभयो । मन्त्रालयले नगरपालिकामा १५ श्यया र गाउँपालिकामा हेरेर पाँच र १० श्ययाको अस्पताल भवन बनाउन थालेको हो । पाँच श्ययाको लागि रु आठ करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाका लागि रु १८ करोड विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ । सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन रु ५६ करोडको व्यवस्था गरिएको छ ।