
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, २६ भदौ । पोखरामा जेन जी (नयाँ पुस्ता)का प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत फेला परेकी युवती दोलखाकी २७ वर्षीया स्वस्थानी खड्का भएको पुष्टि भएको छ । उनी दोलखाको वैतेश्वर गाउँपालिका–८, छेत्रपा फेदीकी बासिन्दा हुन् ।
स्वस्थानीका छिमेकी पुष्कर अधिकारीका अनुसार उनी काठमाडौंमा काम गर्थिन् तर कामको सिलसिलामा पोखरा पुगेकी थिइन् । उनको शव लिन उनका भिनाजु र भाइ पोखरा गएका छन् भने बाबुआमा दोलखाबाट काठमाडौं जाँदै छन् ।
स्वस्थानीको मृत्यु पोखरा लेकसाइडको अंशुभरा स्क्वायरमा भएको आगलागीमा भएको हो । उनको शव बुधबार जलेको अवस्थामा फेला परेको थियो ।
त्यसैगरी, नयाँ बजारमा आगजनीमा परेर मारिएकी महिलाको पनि पहिचान खुलेको छ । अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जनाएको छ। सञ्जु गत असार १ गतेदेखि मात्र उक्त सोरूममा काम थालेकी थिइन्। त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
उनको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि अझै पालिका र वडा यकिन भइनसकेको कास्की प्रहरीले जानकारी दिएको छ।