
१घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
२टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
३गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
६आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
७रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
८आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
९पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१०सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
११युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१२महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव
६रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
जेनजी आन्दोलन नेपालको संवैधानिक इतिहासमा ०६२/६३ को जनआन्दोलन–२ पछिको अर्को ठूलो जनआन्दोलनका रूपमा संस्थागत भएको छ ।
काठमाडौं, २३ मंसिर । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई नेपाल सरकारले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार सिंहदरबारमा भएको समारोहमा सरकार र जेन-जी आन्दोलनकारी प्रतिनिधिबीच १० बुँदे लिखित सहमति भएको छ ।
बुधबार साँझ सिंहदरबारमा सरकार र जेन-जी आन्दोलनकारी प्रतिनिधिबीच हस्ताक्षरित सहमतिपत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, “भदौ २३–२४ को जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा मान्यता दिइनेछ ।”
यो आन्दोलनको बलमा तत्कालीन दलहरूको सत्ता ढलेको र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । तर तीन महिनासम्म पनि आन्दोलनलाई औपचारिक मान्यता र लिखित सहमति नदिइएकामा जेनजीहरूले निरन्तर विरोध र दबाब दिँदै आएका थिए ।
जेन-जी पक्षको मुख्य गुनासो थियो, “हाम्रो आन्दोलनलाई राज्यले अपराधीकरण गर्दै लगेको छ ।” त्यही निरन्तरको दबाब र सडक तताउने चेतावनीपछि सरकार वार्तामा बस्न बाध्य भयो र अन्ततः बुधबार साँझ यो ऐतिहासिक सहमति सम्पन्न भएको हो ।
यो मान्यतासँगै जेनजी आन्दोलन नेपालको संवैधानिक इतिहासमा ०६२/६३ को जनआन्दोलन–२ पछिको अर्को ठूलो जनआन्दोलनका रूपमा संस्थागत भएको छ ।
त्यसयता जेन-जीका विभिन्न समूहले आफ्ना मागहरूलाई संस्थागत रूपमा दर्ता गराउन निरन्तर दबाब दिँदै आएका थिए । मागहरू के–के लेख्ने भन्नेमा लामो रस्साकस्सी चल्यो । जेनजी पक्षले पहिल्यै सम्झौताको मस्यौदा सरकारलाई बुझाएको थियो । त्यही मस्यौदालाई आधार बनाएर दुवै पक्षबीच दर्जनौं चरणको छलफलपछि बुधबार १० बुँदे सहमति सम्पन्न भएको हो ।
जेन-जीहरूले स्पष्ट चेतावनी दिएका थिए, “समयमै सहमति नभए फेरि सडकमा उत्रिन्छौं ।” त्यही निरन्तरको दबाब र आन्दोलनको अपराधिकरण बढ्दै गएको गुनासोपछि सरकार वार्ता र सहमतिमा आउन बाध्य भएको हो ।
अब भदौ २३–२४ को जेनजी आन्दोलनका सबै मुख्य मागहरूलाई राज्यले लिखित रूपमै सम्बोधन गर्ने बाटो खुलेको छ । सहमतिका १० बुँदा कार्यान्वयन गर्न सरकारले पूर्ण प्रतिबद्धता जनाएको छ । यो सहमतिसँगै जेन-जी आन्दोलनले नयाँ संवैधानिक–राजनीतिक युगको सुरुवात गरेको विश्लेषकहरूले बताएका छन् ।
जेन-जी आन्दोलनले नयाँ संवैधानिक–राजनीतिक युगको सुरुवात
सहमतिका दश बुँदाहरू:
१. सहिद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण
भाद्र २३–२४ को आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिनेछ । शहीद परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र स्मृतीकरणको व्यवस्था गरिनेछ । साथै सदाचार र सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निवारणका लागि स्थायी आयोग गठन गरिनेछ ।
२. २३ र २४ भदौका घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार
सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले अत्याधिक बलप्रयोग र गैरन्यायिक हत्याको छानबिन गरी दोषीहरूलाई फौजदारी कारबाही गर्न सिफारिस गर्नेछ । आन्दोलनकारीहरूलाई राजनीतिक गतिविधिमा सहभागी भएकै कारण फौजदारी कारबाही गरिने छैन । भविष्यमा यस्ता घटना नदोहोरिन संस्थागत सुधारका लागि छुट्टै संयन्त्र गठन गरिनेछ ।
३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य
उच्चस्तरीय आयोग गठन गरी सार्वजनिक पद धारण गरेकाहरूको जीवनशैली र सम्पत्ति छानबिन गरिनेछ । दलीय भागबण्डामा आधारित नियुक्ति अन्त्य गरिनेछ । राजनीतिक दल र नेताहरूको नाममा रहेका प्रतिष्ठान, कोष र ट्रस्टहरूको छानबिन गरी गैरकानूनी सम्पत्ति राष्ट्रियकरण गरिनेछ ।
४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता
मतपत्रमा नोटा (माथिका कसैलाई मतदान गर्दिन) विकल्प राखिनेछ । राजनीतिक दलभित्र अनिवार्य प्राइमरी इलेक्शन गरिनेछ । दलका अध्यक्ष अधिकतम दुई कार्यकालका लागि मात्र हुन सक्नेछन् । विदेशमा बसेका नेपाली र प्रवासी श्रमिक तथा विद्यार्थीहरूको मताधिकार सुनिश्चित गरिनेछ । उम्मेदवार र दलको खर्च पारदर्शी बनाइनेछ । प्राथमिक प्रतिस्पर्धामा छनोट भएको व्यक्तिमात्र उम्मेदवार हुन पाउनेछन् । निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल र उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ ।
५. संविधान संशोधन सुझाव आयोग गठन
संविधानको मूल मान्यता कायम राख्दै सुशासन, समावेशिता र जनआकाङ्क्षा सम्बोधन गर्न स्वतन्त्र विज्ञ, जेनजी र सरोकारवाला सहितको उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिनेछ । यो आयोगले संविधान कार्यान्वयनको दस वर्षको सिंहावलोकन गरी उपलब्धि र कमजोरी पहिचान गर्नेछ । राष्ट्रप्रमुख, तीनै तहका कार्यकारी प्रमुख र मन्त्रिपरिषद् सदस्यको पदावधि दुई कार्यकालमा सीमित गर्ने विषयमा पनि सुझाव दिनेछ ।
६. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व
महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत समुदाय, किसान, श्रमिक र आर्थिक रूपमा विपन्न खस आर्यको अधिकतम प्रतिनिधित्व सुनिश्चित गरिनेछ । जेनजी परिषद्ले यसमा सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।
७. पारदर्शिता र जवाफदेहिता
सरकारका निर्णय र खर्च पारदर्शी बनाइनेछ र सामाजिक सञ्जालमार्फत सर्वसाधारणको सहज पहुँचमा राखिनेछ । विगतका सबै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गरिनेछ । सार्वजनिक पदमा पारदर्शी र प्रतिस्पर्धी छनोट प्रक्रिया सुनिश्चित गरिनेछ ।
८. अभिव्यक्ति र डिजिटल स्वतन्त्रता
इन्टरनेट र डिजिटल माध्यममा अभिव्यक्ति स्वतन्त्रतामा स्वेच्छिक सेन्सरसिप हुन नदिने ग्यारेन्टी गरिएको छ । नागरिकको डिजिटल तथ्याङ्कमाथि गैरकानूनी निगरानी र दुरुपयोग रोक्न कानूनी तथा प्राविधिक व्यवस्था गरिनेछ ।
९. जेनजी परिषद्को गठन
शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान, खबरदारी तथा सुशासनका लागि सल्लाह र सहयोग गर्न जेनजी परिषद् गठन गरिनेछ ।
१०. सम्झौता लागू हुने मिति र सम्झौता कार्यान्वयन
माथिका सबै बुँदा कार्यान्वयनको पूर्ण सुनिश्चितता गरिएको छ । यो सम्झौता हस्ताक्षर मितिदेखि लागू हुनेछ र यसको कार्यान्वयन नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ ।
यो सहमतिपछि जेनजी आन्दोलनले उठाएका मुख्य मागहरू संस्थागत रूपमा सम्बोधन हुने बाटो खुलेको छ । सरकारले ढिलाइ गरेमा फेरि सडक आन्दोलनमा जाने चेतावनी जेनजी पक्षले दिएको थियो । त्यही दबाब र पटक–पटकको छलफलपछि यो १० बुँदे सहमति सम्पन्न भएको हो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव