
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
डन न्यूज
पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण तथा व्याज चुक्ताका लागि लगातार दबाब आउँदा आफूहरु झने अप्ठ्यारोमा परेको उनीहरुको भनाइ थियो ।
व्यवसायीका गुनासो आएपछि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशनसमेत दिए । उनले भने, ‘सक्ने उद्यमीले कर्जा तिरी दिनुहोस्, नसक्ने उद्यमीको हितको लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।’
नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै १ सय ४० अर्ब रुपैयाँ लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताए ।
उनका अनुसार गण्डकी क्षेत्रमा क, ख, ग वर्गका मात्र ७ सय २६ वटा शाखा छन् । प्रत्येक शाखाले कम्तीमा ५ जनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ । सोअनुरुप आवश्यक प्रक्रिया गर्न सुझाव दिँदै उनले अतिप्रभावित व्यवसायीलाई ऋण उपलब्ध गराउन सकिने बताए ।

नेपाल बैंकर्स एशोसिएसन गण्डकीका अध्यक्ष दीपेन्द्र शर्माले बैंकले फोन गरे भन्दैमा आतंकित नहुन व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘बैंकले बोलायो भन्दैमा पैसा नै माग्न बोलायो भन्ने नसोच्नुहोस् । उपाय खोज्नका लागि ऋणीसँग आवश्यक सल्लाह सुझावका लागि फोन आएको हुन सक्छ ।’ एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख समेत रहेका शर्माले वित्तीय क्षेत्र धराशायी नहुने गरी व्यवसायीले मर्का बुझी दिन उनले आग्रह गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकोले व्यवसायीलाई आतंकित नपार्न आग्रह गरे ।
आयोजक नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले राष्ट्र बंैकले जारी गरेको मौद्रीक नीतिअनुरुप सेवासुविधा व्यवसायीले लिन नसकेको बताए ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा दिइने व्याजदर अनुरुप ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीहरुले ऋण तिर्दैनौं भनेका हैनांै, तर सहज भएपछि तिर्छौ, त्यसका लागि बैंक तथा वित्तीय संस्थाले हेरिदिनुपर्छ ।’
कार्यक्रममा नाट्टाका उपाध्यक्ष हरिराम अधिकारी, महासचिव कमला गिरी, सचिव संगीता पौडेल, कोषाध्यक्ष राजेश पहारीले व्यवसायीको हकहितको पक्षमा बैंक तथा वित्तीय संस्थाले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गरिमा विकास बैंकका भोला तिवारी, मुक्तिनाथ विकास बैंकका बाबुराम ढकाल, सिभिल बैंकका समीर केसी, राष्ट्रिय वाणिज्य बैंकका ऋणि ढकाल, मेघा बैंकका ज्ञानेन्द्र पन्त, सतिष ढकाललगायतले मौद्रिक नीतिअनुरुप नै बैंक तथा वित्तीयले कार्यसंचालन गरेको दाबी गरे ।
यसैबीच, जारी मौद्रिक नीतिमा कोभिड–१९ संकटबाट अति प्रभावित हवाइ उड्यन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइने उल्लेख छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधिन आयोजनाहरु निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध हुने व्यवस्था छ ।
वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु. १ करोड भन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
पोखराको समग्र पर्यटन क्षेत्रमा ४ खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करिब ७५ अर्ब रुपैयाँ बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह