
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
गलकोट (बागलुङ) १० फागुन । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ ।
गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख सङ्कलन गरिएको छ । धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो ।
उक्त कोषलाई छिट्टै रु एक करोड पु¥याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म रु ७५ लाख सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापती सुदिप सागर कँडेलले जानकारी दिनुभयो । कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् ।
कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापती कँडेलले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले रु एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो ।
कोष निर्माणका लागि देउसीभैलोमार्फत रु ४५ लाख सङ्कलन भएको र काठेखोला गाउँपालिकाले रु तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले रु एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई रु २० लाख रकम प्राप्त भइसकेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा रु एक करोड पु¥याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ । कोषमा बागलुङ नगरपालिकाले रु पाँच लाख, तमानखोला गाउँपालिकाले रु पाँच लाख र बरेङ गाउँपालिकाबाट रु दुई लाख गरी रु १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताउनुभयो ।
“धौलागिरी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ”, कँडेलले भन्नुभयो, “स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र सङ्कलन गरे पनि कोषको रकम रु एक करोड पु¥याएर क्याम्पसलाई दिइने छ, प्रत्येक वर्ष १०० विद्यार्थीको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिइनेछ ।”
क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो । कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो ।
आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा सुर्दशन सिलवालले जानकारी दिनुभयो । बागलुङ–३ किनारा टोल निवासी समाजसेवी भिमसेनकुमार श्रेष्ठ र उहाँकी श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस् भनि क्याम्पसमा श्रेष्ठ परिवारले रु दुई लाख सहयोग गर्नुभएको थियो ।
कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने क्याम्पसका पूर्वप्रमुख प्रा डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “अहिले पनि हामीले विद्यार्थीलाई केही छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन”, उहाँले भन्नुभयो, “क्याम्पसमा स्थापना गरिने रु एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।” क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई