
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, १४ माघ । विजयपुर खोला कटेर पर्यटकीय राजधानी सहर पोखरा छिर्दा पहिलेको दाँजोमा हिजोआज केही फरक दृश्य आँखामा आइपुग्छ । गाडीमा चढ्दा होस् या पैदल हिँड्दा उत्तरपट्टिका लहरै हिमाल सजिलै देख्न सकिन्छ । छिटपुटबाहेक विद्युत्का जीर्ण पोल हटाइएको छ । तार जमिनमुनि बिछ्याइएको छ । गुजुमुज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता टरेको छ । लथालिङ्ग अवस्थामा रहेका तार र पोल हटेपछि सडक खुला र फराकिलो देखिन थालेको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा अहिले विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ । प्राधिकरणको सवस्टेसन रहेको पोखरा महानगरपालिका–१० कुँडहरदेखि अमरसिंहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म विद्युतीय तार बिछ्याइसकिएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो ।
“तार भूमिगत भइसकेको छ, अहिले मुख्य लाइनबाट ग्राहकको घरसम्म विद्युत् जोड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लेकसाइट क्षेत्रमा पनि तार बिछ्याउने काम सकिएको छ, पोल र तार हटाउँदैछौँ ।” इञ्जिनियर सुवेदीका अनुसार आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइट, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गर्न लागिएको हो ।
मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने भएको हो । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइएको इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइने छ । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गर्ने काम भइरहेको छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, इञ्जिनियर सुवेदीले भन्नुभयो, “पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।”
पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इञ्जिनियर सुवेदीले बताउनुभयो । प्राधिकरणले पोखरामा तार भूमिगत गर्ने आयोजना विसं २०७८ मा सुरु गरेको थियो । दुई वर्षमा काम सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको जिम्मा पाएको थियो ।
ठेक्का सम्झौता भएको १५ महिनापछि विसं २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो । इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको भौतिक प्रगति काम देखिएको इञ्जिनियर सुवेदीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रक्रिया अगाडि बढेको छ ।
“विद्युतीय तार भूमिगतसँगै जीर्ण पोल र तार हटाउने काम भइरहेको छ”, इञ्जिनियर सुवेदीले भन्नुभयो, “स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पु¥याइरहेका पोल र तारको जञ्जालबाट पोखराले छिट्टै मुक्ति पाउँदैछ ।” पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार तथा स्तरोन्नतिका क्रममा पनि सहरी क्षेत्रका अव्यवस्थित भौतिक संरचना हटाउने काम भइरहेको छ । त्यसले पनि सहरको सौन्दर्यीकरणमासमेत टेवा पु¥याएको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले सडक आयोजनाले ठेक्कामार्फत विद्युत् पोल हटाउने काम गरिरहेको बताउनुभयो ।
“प्राविधिक सुपरीवेक्षणको काम हामीले गरिरहेका छौँ, प्राधिकरणको मापदण्डअनुसार पृथ्वी राजमार्ग छेउछाउका विद्युत् पोल र तार हटाउने काम सडक आयोजनाले नै गरिरहेको छ”, उहाँले भन्नुभयो, “अव्यवस्थित तथा जीर्ण विद्युत् पोल र तारको व्यवस्थापनले दुर्घटनाको जोखिम कम हुनुका साथै सहरी सौन्दर्य अभिवृद्धि हुन्छ ।”
प्राधिकरणको पोखरा वितरण केन्द्रले पोखरा उपत्यकाभरका पुराना पोल र तार विस्थापनका लागि भने ठूलो बजेट चाहिने जनाएको छ । चालिस वर्षअघिको विद्युत् लाइनलाई विस्थापित गरेर नयाँ राख्नुपर्ने अवस्था रहेको उसको भनाइ छ । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको वितरण केन्द्रले जनाएको छ । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । सवारीसाधन पोलमा ठोक्किएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् ।
प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले बताउनुभयो । महँगो प्रणाली भएपनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानुपर्ने उहाँको भनाइ छ ।
प्रमुख इञ्जिनियर सुवेदीले पोखरा उपत्यकाभरको विद्युतीय तार जमिनमुनि बिछ्याउन पाँच अर्बभन्दा बढी बजेट चाहिने बताउनुभयो । “तार भूमिगत महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरु ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उहाँले भन्नुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ