
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
वासुदेव पौडेल/सन्तोष गौतम, गण्डकी, १८ पुस : लमजुङको मस्याङ्दी गाउँपालिका–१ घनपोखराका ६० वर्षीय विजय गुरुङ ३० वर्षअघिसम्म बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ लिएर कास्कीको मादी गाउँपालिकामा पर्ने ठूलोलेकमा पुग्ने गर्नुहुन्थ्यो । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको ठूलोलेक कास्की र लमजुङका किसानहरूको चरनखर्क मात्र नभएर परापूर्वकालमा नुनदेखि सुनसम्मको व्यापारका लागि मनाङ आवतजावत गर्ने नाका समेत हो ।
परापूर्वकालमा पशुगोठ र बटुवाहरूको चहलपहल हुने प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठूलोलेक र आसपासका ऐतिहाँसिक ठाउँहरू यतिखेर भने सुनसान छन् । “वैदेशिक रोजगारको बढ्दो प्रभावसँगै वर्षायाममा पशु र गोठालाहरुले भरिने ठूलोलेकलगायत खर्कहरू सुनसान मात्र नभएर लेकबेंशी गर्न प्रयोग भएका गोरेटो बाटाहरू झाडीले पुरिएका छन्,” पूर्वशिक्षक समेत रहेका गुरुङले भन्नुभयो, “परापूर्वकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासोथार वरपरको भूगोल हामी गुरुङहरूको इतिहास पनि हो ।”
ऐतिहासिक स्थल क्होलासोथारमा एक हजार दुई सय वर्षअघिसम्म गुरुङ समुदायको तीन वटा बस्ती थियो । त्यसबेलाका घर, दरबार, घट्टलगायत भौतिक संरचनाका भग्नावशेष अझै इतिहासको साक्षीका रुपमा रहेका छन् । क्होलासोथार नेपालका आदिवासी जनजाति गुरुङ समुदायको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको छ ।
क्लोलासोथारलाई केन्द्रित गरेर पुर्खाको पदचाप पछ्याउँदै गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गको खोज, अनुसन्धान, पहिचान गरी प्रर्वद्धन र पूर्वाधार निर्माण थालेको छ । सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले कास्कीको मादी, लमजुङको क्होलासोथार, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम भएको बताउनुभयो । “नुनदेखि सुनसम्मको ब्यापार गर्न मनाङ जान–आउन, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउँदै तयार पारिएको पदमार्गको नक्साङ्कनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको इतिहाससँग जोडिएको प्राकृतिक रुपमा सुन्दर यस क्षेत्रको संस्कृति संरक्षण गर्दै प्रकृतिमा पर्यटकलाई भुलाउने, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य रहेको छ ।”
ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँशीशहरसम्मलाई समेटेर गत जेठ महिनामा पहिचान गरिएको पदमार्गको गत साउन महिनामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको उपस्थितिमा नक्सा सार्वजनिक र घोषणा गरिएको थियो ।
सहायक गन्तव्यहरु
पन्ध्र दिनको मुख्य पदमार्गअन्तर्गत सहायक गन्तव्यहरू पनि पहिचान, प्रवद्र्धन र पूर्वाधार निर्माणको काम थालिएको छ । पर्यटकले इच्छा, क्षमता र अनुकुलता अनुसार लामो र छोटो अवधीको यात्रा गर्न पाउने विकल्प खुल्ला छ । यस पदमार्गमा कम्तीमा दुई दिनदेखि अधिकतम् १५ दिनसम्म यात्रा गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा यही २०८१ पुस ६ देखि ११ गतेसम्म पहिलो चरणअन्तर्गत पर्यटन व्यवसायी, पथप्रदर्शक र जनप्रतिनिधिहरूको टोलीले सिक्लेस– कपुुचे– क्होलासोँथर– करापुडाँडा– याङ्जाकोट हुँदै पुनः पोखरा जोड्ने (राउण्ड मादी) पदमार्गमा पदयात्रा गरेका थिए ।
गुरुङ पर्यटन व्यवसायीसँग गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले यस आर्थिक वर्षमा दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मस्र्याङ्दी गाउँपालिकाबाट घनपोखरा– मैदु– थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवद्र्धन गर्ने योजना रहेको छ । “प्रकृति, संस्कृति र इतिहासको सӶ्गम गुरुङ सम्पदा पदमार्गको सबै भूगोल र विशेषतालाई समेटेर प्रर्वद्धन गर्ने कार्यक्रम बनाएका छौँ,” उहाँले भन्नुभयो “नक्सा, बुकलेटको साथै भिडियो वृत्तचित्र र मल्टिमिडियाको प्रचार सामग्री तयार पारेर प्रचारप्रसार गर्न थालेका छौँ ।”
सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा पर्यटकीय राजधानी पोखराको नजिकै रहेको गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्नसक्ने अध्यक्ष गुरुङको भनाइ छ । पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि गुरुङ सम्पदा पदमार्गका गन्तब्यहरूलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘फोरके ट्रेक’ ट्रेकका रुपमा पनि लिन सकिने
गुरुङ सम्पदाका पर्यटकीय गन्तव्यहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछन् । मादी गाउँपालिका–१ सिक्ले र २ ताङतिङमा पर्ने सिक्लेस–कपुुचे–क्होलासोँथर–तप्रो– करापुडाँडा–याङ्जाकोट लाई समेटिएको छ । कपुचे, कोरी, क्होलासोँथर र करापुडाडा समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’ का नामले पनि लिन सकिन्छ ।
मादी नदीको दाया र बाया किनारमा रहेका दुई वटा वडालाई फन्को लगाइने भएर यसलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत राउण्ड मादी नामाकरणका लागि प्रस्ताव गरिएको हो । बढीमा सात दिन लाग्ने चक्रीय मादी पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरू भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
सिक्लेस : लमजुङ हिमालको काखमा झुरुप्प ढुङ्गे घरहरू रहेको गुरूङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको संगम सिक्लेसको नेपालको राजनीतिक परिवर्तनको इतिहाससँग जोडिएको छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो स–साना गल्ली, गल्छेँडा र तगारा यहाँका सौन्दर्य हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । यहाँ शान्ति स्मारक पनि बनेको छ ।
सिक्लेस पुग्ने पर्यटक गुरूङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरूङ जातिको मन्दिर, मौलिक संस्कृति, भेषवभूषा, झाँकी, नाचगीत आदिमा रमाउने मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । सिक्लेस–हुगु–कपुचे, सिक्लेस–तस–कोरी, सिक्लेस–ताङतिङ, सिक्लेस–ताराहिल–घलेखर्क, सिक्लेस–खिलाङ–चिप्ली पदमार्ग छन् ।
कपुुचे हिमताल : अन्नपूर्ण हिमालको काँखमा समुन्द्री सतहदेखि दुई हजार चार सय २१ मिटर उचाईमा रहेको कपुचे हिमताल मादी गाउपालिका–१ मापर्छ । दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुुुचेलाई विश्वकै कम उचाईमा भएको हिमतालका रुपमा दाबी गरिएको छ । हरियो र निलो मिश्रित रङ्गको तालको पानीमा घामका किरणहरू पर्दाको दृश्यले पदयात्रीलाई रोमाञ्चित बनाउछ ।
यहाँ अन्नपूर्ण चौथो हिमालबाट हिउँ पहिरो खसिरहन्छ । पर्यटकहरुको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुरेन्ट र अस्थायी संरचनाका होटलहरू छन् । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरहरुमा पर्यटकलाई बास बस्ने व्यवस्था मिलाएको हुगुका होटल व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्न सकिन्छ ।
कोरीडाँडा : हुगुदेखि नौलाखर्क, नौटा हुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुन्द्र सतहदेखि तीन हजार आठ सय ५० मिटर उचाइको कोरीडाँडा पुगिन्छ । सिक्लेसदेखि तास हुँदै कोरी पुग्ने अर्को पदमार्ग पनि छ । हुगुमा खाजा खाएर हिडेका पर्यटक दिउँसोको खाना खान नौटा खर्क पुग्छन् । यहाँ चिया पसल छ ।
माछापुच्छ्रे, अन्नपूर्ण २, ४, थ्रि सिस्टर, मादी र लमजुङ हिमाललाई नजिकबाट नियाल्न पाउनु कोरीडाँडाको प्रमुख बिशेषता हो । कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरु बास बस्ने थलो र गोठालाको खर्क थियो । चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटकहरू आउने क्रम बढेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो । सिक्लेसदेखि तसा हुँदै कोरी पुगेका पर्यटकहरु पुरानै बाटो, नौटा–हुगु–कपुचे–हुगु–सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठूलोलेक–क्होलासोथार –करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।
ठूलोलेक : कास्की र लमजुङका किसानहरुले परापुर्व कालमा गोठ लैजाने ठूलोलेक समुन्द्री सतहदेखि चार हजार ५० मिटरको उचाईमा अवस्थित छ । कोरीदेखि तीन घण्टा पैदलयात्रा गरेपछि ठूलोलेक पुगिन्छ । विशाल पाटनयुक्त ठूलोलेकदेखि थुर्जु देउराली हुँदै मनाङ र क्होलासोथार निस्कने पदमार्ग छन् । लमजुङको घलेगाउँ, घनपोखरा, पसगाउँ जाने पदमार्ग पनि छ । ठूलोलेकमा तीन वटा आकर्षक र मनमोहक तालहरू छन् । बहुमूल्य यार्सागुम्बा पाइने योकस्तुरी मृग र डाफेको बासस्थान पनि हो ।
क्होलासोथार : कास्कीको मादी गाउँपालिका–२ को भूगोलमा पर्ने क्होलासोथार गुरुङ समुदायको ऐतिहासिक बस्ती हो । गुरुङ पर्यटन ब्यवसायी सङ्घका महासचिव तुल गुरुङका अनुसार एक हजार दुई सय वर्ष अघिसम्म क्होलासोथारमा गुरुङ समुदायको बसोबास थियो । यहाँबाट बसाई सरेका गुरुङहरू नेपाल र विश्वका विभिन्न ठाउँमा फैलिएको उहाँले बताउनुभयो । गुरुङ समुदायको इतिहाँस, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाई छ ।
पुराना गोलघर, दरवार, घट्ट, घोडा बाध्ने तबेला आदिका भग्नावशेष रहेको यहाँ पुरातत्व विभागले गरेको उत्खनन्मा पौराणिक महत्वका सामग्रीहरू भेटिएका थिए । ठूलोलेक र तप्रोदेखि दुई तर्फबाट क्होलासोथार जोड्ने परम्परागत मार्ग छन् । ठूलोलेकदेखि क्होलासोथार जाने पदमार्गमा पर्ने ‘बनको छेउ’ नामको पहाडलाई स्थानीयबासीले देवताको रुपमा पुज्ने गर्दछन् । क्होलासोथार नजिकै तत्कालीन घले राजाको घोडा दौडाउने र मेला लाग्ने चौर पनि रहेको छ । ठूलोलेक र तप्रोदेखि क्होलासोथार पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ ।
करापुडाँडा: मादी गाउँपालिका–२ मा पर्ने करापुडाँडा समुुन्द्री सतहदेखि दुई हजार नौ सय मिटर उचाईमा छ । कोरी– ठूलोलेक–क्होलासोथार–तप्रो हुदै यात्रा गर्दा क्होलासोथारदेखि चार घण्टा हिडेर पुगिने तप्रोमा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाडा पहाड, जङ्गल र हिमाल हेर्दै यात्रा गरेपछि करापुडाँडा पुगिन्छ । गुराँसे जङ्गल, रङ्गीबिरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।
यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथ, वुद्ध, मनास्लु, हर्क गुरुङ हिमाल देखिन्छ । यहाँको क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको स्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ । टेन्ट र अस्थायी टहराहरूमा पर्यटक बास बस्न पाउने गुरुङ पर्यटन व्यवसायी सङ्घका कोषाध्यक्ष भुपाल गुरुङले बताउनुभयो । करापुडाँडाको फेदीमा रहेको ताङतिङमा होमस्टे र होटलको सुविधा छ । करापुडाँडाबाट ओरालो करिब चार–पाँच घण्टा डाँडा र जङ्गलको बाटो हुँदै याङ्जाकोट पुगिन्छ । शुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यक पर्नसक्छ । यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरो हुँदै याङजाकोट पुगिन्छ ।
सञ्चार, विद्युत् र खानेपानी सुविधा आवश्यक
पर्यटन व्यवसायी बलराम थापाले गुरुङ सम्पदा पदमार्गले धेरै सम्भावना बोकेको बताउनुुहुन्छ । तत्काल सडक पुग्न नसक्ने र पुरानो पदमार्ग भएकाले यसलाई सामान्य मर्मत तथा केही पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । क्होलासोँथार, तप्रो र ठूलोलेकमा रेष्टुरेन्ट आवश्यक रहेको र पुराना पदमार्गको मर्मत, सुधार गर्नुपर्ने, सङ्केत चिन्ह राख्नुपर्ने थापाले बताउनुभयो ।
कोरी, करापुडाँडामा खानेपानी, विद्युत र सबैजसो ठाउँमा तीव्र गतिको इन्टरनेट सुविधा विस्तार गर्नुपर्ने अर्का पर्यटन ब्यवसायी गङ्गा घलेले बताउनुभयो । मादी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एकजङ्ग गुरुङले यसवर्ष गण्डकी प्रदेशको रु ३० लाख बजेटबाट करापुडाँडादेखि तप्रोतर्फ पदमार्ग निर्माण गरिएको बताउनुभयो । अर्को शीर्षकमा विनियोजन भएको रु ४० लाख बजेटबाट पनि पदमार्ग निर्माणको तयारी भएको बताउँदै उहाँले थप बजेटका लागि पहल गरिएको बताउनुभयो । सिक्लेस कोरी मनाङ पदमार्गका लागि पनि संघीय सरकारबाट यस वर्ष रु एक करोडभन्दा बढी विनियोजन भएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप