
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने तथा समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवत् ११४१ तथा नेवार समुदायको महान पर्व म्हः पूजाको अवसरमा आज एक शुभकामना सन्देशमार्फत् उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत्का प्रवर्तक समाज सुधारक शङ्खधर साख्वालाई मानिन्छ भन्दै साख्वाले आफ्नो निजी सम्पतिबाट सर्वसाधारणको ऋण तिरिदिएको र उनीहरुलार्ई ऋण मुक्त गरेको दिनको स्मरणमा नेपाल संवत्को शुरुआत गरिएको उल्लेख गर्नुभएको छ ।
सरकारले नेपाल संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको बताउँदै उहाँले यस अवसरमा समाज सुधारक एवं नेपाल संवत्का प्रवर्तक साख्वाप्रति उच्च सम्मान प्रकट गरेको सन्देशमा उल्लेख छ ।
नेपाल संवत् (नयाँ वर्ष) को पहिलो दिन नेवार समुदायको महान पर्व म्हः पूजा पर्छ । सन्देशमा मुख्यमन्त्री गुरुङले आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार नेवार समुदायले म्हः (आत्म) पूजा गर्ने गरेको परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।
लामो समयदेखि हामी कोभिड–१९ को कहरसँग जुधिरहेका छौँ भन्दै उहाँले विश्वव्यापी महामारीका कारण यसपालिका हाम्रा उत्सव तथा चाडपर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्न र सरकारले घोषणा गरेका जनस्वास्थ्यका मापदण्डको पालन गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी