
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
भजनी । अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत हुनुभयो ।
विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुनुहुन्छ । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट चार जना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उहाँको परिवारलाई रहन खान दिएन । कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो । त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताउनुहुन्छ ।
“गर्यौँ भने असम्भव केही पनि छैन । म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भन्नुभयो, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ ।” उहाँले विसं २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गर्नुभयो । दुईवटा थारो भैँसीबाट शुरु गरेको उहाँले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको बताउनुभयो । उहाँले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिमसम्म लिनुभयो । सस्तोमा किनेका थारो ब्याउने भए । त्यसपछि उहाँले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भए महङ्गोमा बेच्ने अभियान नै थाल्नुभयो । त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गर्नुभयो । उहाँले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गर्नुभयो ।
दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उहाँले ४० वटा दुहुनो भैँसीसम्म पुर्याउनुभयो । थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याउनुभयो । “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ । मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भन्नुभयो, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु ।”
रक्सी होइन, दूध खाऔँ अभियान
ललित थापाले व्यावसायिक कृषिसँगै आफ्नो राजनीतिक यात्रालाई समेत अगाडि बढाउँदै जाँदा उहाँले स्थानीय नागरिकहरूसँगको संवादमा जहिले पनि रक्सीको विरोध गर्नुभयो । कृषि क्षेत्रबाटै समृद्धि देखेका थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत जनतामाझ जाँदा रक्सी होइन, दूध खाऔँ भन्ने एजेण्डालाई पनि साथमा लगेको बताउनुहुन्छ । व्यावसायिक भैँसीपालनसँगै स्थानीयस्तरमै आत्मनिर्भरका लागि थुप्रै सम्भावना रहेको बताउँदै थापाले त्यसमा सरकारको नारा भने कागजमा मात्र सीमित रहेको बताउनुभयो ।
सात बिघा जग्गा भाडामा लिएर भैँसीपालनसँगै थापाले केराखेती र घाँसखेतीसमेत गर्दै आउनुभएको छ । उहाँले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ भने त्यति नै घाँसखेती गर्नुभएको छ । घाँसको बीउ उत्पादन गरी अन्य किसानलाई बजार भाउभन्दा रु १० प्रतिकिलो सस्तोमा बिक्री गर्दै आएको थापा बताउनुहुन्छ ।
गड्यौला मल उत्पादन शुरु
थापाले दुई वर्षदेखि गड्यौला मल उत्पादन शुरु गर्नुभएको छ । उहाँले काठमाडौँदेखि २० केजी गड्यौला ल्याएर स्थानीयस्तरमै गड्यौला मलको उत्पादन शुरु गर्नुभएको छ । प्रतिकिलो रु दुई हजार २०० मा गड्यौला खरिद गरी व्यावसायिक मल उत्पादन शुरु गरेका थापाले ३५ केजी गड्यौला उत्पादन गरेर पनि सोही दरमा अन्य किसानलाई बिक्री गरिसकेको बताउनुभयो ।
“सरकारले मल आयातमा किसानको माग पूरा गर्न सकेको छैन । त्यसमा पनि किसान रासायनिक मलमै आश्रित रहेको देखेर मैले गड्यौला मल उत्पादन शुरु गरेको हुँ”, थापाले भन्नुभयो, “जैविक उत्पादनका लागि गड्यौला मल सबैभन्दा उत्तम छ । अहिले खाने प्रत्येक खानासँग हामीले विष खाइरहेका छौँ । मेरो अर्को अभियान हो, किसानलाई रासायनिक मलमा नभई प्राङ्गारिक अर्थात् गड्यौला मल प्रयोग गराउने ।” उहाँले यो सिजनमा मात्रै १०० क्विन्टलभन्दा बढी गड्यौला मल बिक्री गरेको बताउनुभयो । थापाले बजार र किसानको मागलाई अझै पूर्ति गर्न नसकेको बताउँदै व्यावसायिकरूपमा गड्यौला मल उत्पादनको मात्रा बढाउने बताउनुभयो । थापासँग उहाँको परिवार र अन्य दुई जनाले रोजगारीसमेत पाएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कैलाली जिल्ला उपाध्यक्षसमेत भइसक्नुभएका थापाले टीकापुर नगरपालिकाको प्रमुखको उम्मेदवारीमा करिब ३५० मतले पराजित हुनुभएको थियो । त्यसपश्चात तत्कालीन माओवादी र एमालेको एकतापछि राजनीतिक सङ्गठनमा आबद्ध नभएको बताउँदै थापाले वर्तमान सरकारले जनताको आवश्यकतालाई पूर्ति गर्न नसक्ने भन्दै १० वर्षे जनयुद्धको मूल मर्म अहिले सत्तामा गएकाहरूले बिर्सेको बताउनुभयो ।
“हामीले जनयुद्ध राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमात्र थिएन”, थापाले भन्नुभयो, “यी दुई कुरा भए पनि जनयुद्धका घाइते, अपाङ्ग, शहीद, वेपत्ताले देखेको सपना तत्कालीन माओवादीले पूरा गर्न सकेन । त्यसैको परिणाम अझै पनि एक पक्षले अर्को क्रान्तिको सपना देखेको छ । त्यो वास्तविक पनि हो ।”
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर