
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
भजनी । अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत हुनुभयो ।
विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुनुहुन्छ । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया पसल त्यसबेलाको दैनिक गुजारा गर्ने एक माध्यम भए पनि घरबाट चार जना माओवादीमा गएपछि तत्कालीन नेपाली सेनाले त्यहाँ उहाँको परिवारलाई रहन खान दिएन । कैयौँपटक ललितको बुवाले सेनाबाट कुटाइ खानुपर्यो भने आमाले तिरस्कार सहनुपर्यो । त्यति मात्र नभई पसल तोडफोडका साथै भएको सामानसमेत सेनाले लिएको ललित बताउनुहुन्छ ।
“गर्यौँ भने असम्भव केही पनि छैन । म जनयुद्धदेखि अहिलेको व्यवसायसम्म कतै असफल भइनँ”, ललितले भन्नुभयो, “धैर्य र इमानदारी पहिलो कुरा हो, जहाँ धैर्य र इमान्दारी हुन्छ, त्यहाँ सफल भइन्छ ।” उहाँले विसं २०६९ बाट व्यावसायिक भैँसीपालन शुरु गर्नुभयो । दुईवटा थारो भैँसीबाट शुरु गरेको उहाँले एकपछि अर्को क्षेत्रलाई जोड्दै गएको बताउनुभयो । उहाँले दुई भैँसी किनेसंँगै तीन महिना जेटिए भेटेरेनरीको तालिमसम्म लिनुभयो । सस्तोमा किनेका थारो ब्याउने भए । त्यसपछि उहाँले थारो भैँसी किन्ने र त्यसको आवश्यक उपचार गरी ब्याउने भए महङ्गोमा बेच्ने अभियान नै थाल्नुभयो । त्यसबाट सफलता हासिल गरेका थापाले मासुका लागि पाडा उत्पादन शुरु गर्नुभयो । उहाँले सफा मासुका लागि भन्दै १०० भन्दा बढी पाडा सङ्कलन गरी बिक्रीसमेत गर्नुभयो ।
दुई थारो भैँसीबाट शुरु गरेको व्यवसाय बढाउँदै उहाँले ४० वटा दुहुनो भैँसीसम्म पुर्याउनुभयो । थापाले भैँसीको नश्ल सुधारका लागि भन्दै भारतको पलियाबाट उन्नत जातको राँगासमेत भित्र्याउनुभयो । “म यति गर्दा पनि सन्तुष्ट हुन सकिनँ, एकपछि अर्को क्षेत्रलाई अँगाल्दै गएँ । मेहेनत र धैर्य महत्वपूर्ण हुँदोरहेछ”, थापाले भन्नुभयो, “त्यही मेहेनतले जनयुद्धका कैयौँ लडाइँ हुँदै अहिले व्यावसायिक कृषिमा समेत सफलता प्राप्त गरेको छु ।”
रक्सी होइन, दूध खाऔँ अभियान
ललित थापाले व्यावसायिक कृषिसँगै आफ्नो राजनीतिक यात्रालाई समेत अगाडि बढाउँदै जाँदा उहाँले स्थानीय नागरिकहरूसँगको संवादमा जहिले पनि रक्सीको विरोध गर्नुभयो । कृषि क्षेत्रबाटै समृद्धि देखेका थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत जनतामाझ जाँदा रक्सी होइन, दूध खाऔँ भन्ने एजेण्डालाई पनि साथमा लगेको बताउनुहुन्छ । व्यावसायिक भैँसीपालनसँगै स्थानीयस्तरमै आत्मनिर्भरका लागि थुप्रै सम्भावना रहेको बताउँदै थापाले त्यसमा सरकारको नारा भने कागजमा मात्र सीमित रहेको बताउनुभयो ।
सात बिघा जग्गा भाडामा लिएर भैँसीपालनसँगै थापाले केराखेती र घाँसखेतीसमेत गर्दै आउनुभएको छ । उहाँले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ भने त्यति नै घाँसखेती गर्नुभएको छ । घाँसको बीउ उत्पादन गरी अन्य किसानलाई बजार भाउभन्दा रु १० प्रतिकिलो सस्तोमा बिक्री गर्दै आएको थापा बताउनुहुन्छ ।
गड्यौला मल उत्पादन शुरु
थापाले दुई वर्षदेखि गड्यौला मल उत्पादन शुरु गर्नुभएको छ । उहाँले काठमाडौँदेखि २० केजी गड्यौला ल्याएर स्थानीयस्तरमै गड्यौला मलको उत्पादन शुरु गर्नुभएको छ । प्रतिकिलो रु दुई हजार २०० मा गड्यौला खरिद गरी व्यावसायिक मल उत्पादन शुरु गरेका थापाले ३५ केजी गड्यौला उत्पादन गरेर पनि सोही दरमा अन्य किसानलाई बिक्री गरिसकेको बताउनुभयो ।
“सरकारले मल आयातमा किसानको माग पूरा गर्न सकेको छैन । त्यसमा पनि किसान रासायनिक मलमै आश्रित रहेको देखेर मैले गड्यौला मल उत्पादन शुरु गरेको हुँ”, थापाले भन्नुभयो, “जैविक उत्पादनका लागि गड्यौला मल सबैभन्दा उत्तम छ । अहिले खाने प्रत्येक खानासँग हामीले विष खाइरहेका छौँ । मेरो अर्को अभियान हो, किसानलाई रासायनिक मलमा नभई प्राङ्गारिक अर्थात् गड्यौला मल प्रयोग गराउने ।” उहाँले यो सिजनमा मात्रै १०० क्विन्टलभन्दा बढी गड्यौला मल बिक्री गरेको बताउनुभयो । थापाले बजार र किसानको मागलाई अझै पूर्ति गर्न नसकेको बताउँदै व्यावसायिकरूपमा गड्यौला मल उत्पादनको मात्रा बढाउने बताउनुभयो । थापासँग उहाँको परिवार र अन्य दुई जनाले रोजगारीसमेत पाएका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कैलाली जिल्ला उपाध्यक्षसमेत भइसक्नुभएका थापाले टीकापुर नगरपालिकाको प्रमुखको उम्मेदवारीमा करिब ३५० मतले पराजित हुनुभएको थियो । त्यसपश्चात तत्कालीन माओवादी र एमालेको एकतापछि राजनीतिक सङ्गठनमा आबद्ध नभएको बताउँदै थापाले वर्तमान सरकारले जनताको आवश्यकतालाई पूर्ति गर्न नसक्ने भन्दै १० वर्षे जनयुद्धको मूल मर्म अहिले सत्तामा गएकाहरूले बिर्सेको बताउनुभयो ।
“हामीले जनयुद्ध राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमात्र थिएन”, थापाले भन्नुभयो, “यी दुई कुरा भए पनि जनयुद्धका घाइते, अपाङ्ग, शहीद, वेपत्ताले देखेको सपना तत्कालीन माओवादीले पूरा गर्न सकेन । त्यसैको परिणाम अझै पनि एक पक्षले अर्को क्रान्तिको सपना देखेको छ । त्यो वास्तविक पनि हो ।”
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो