
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, ११ मंसिर । प्राइम सहकारी पोखराको करोडौं रुपैयाँ हिनामिना र ठगी गरेको आरोपमा नेकपा एमाले तनहुँका नेता शंकरनारायण श्रेष्ठ कारागार चलान भएका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षीय श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार आज ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएसँगैं उक्त रकम बुझाउन नसक्दा एमाले नेता श्रेष्ठ कारागार चलान भएका हुन् । पुर्पक्षका लागि कारागार नै चलान हुनुपर्ने एमाले नेता श्रेष्ठलाई दलगत दवावका कारण सेटिङमा नै धरौंटीमा छोड्ने चर्चा पक्राउ परेसँगैं बाहिरिएको थियो । नभन्दैं चर्चा चलेजस्तै श्रेष्ठलाई अदालतबाट धरौंटी माग भएको छ । धरौंटी बुझाएसँगैं उनी कारागार मुक्त हुनेछन् ।
२०७४ सालमा व्यास नगरपालिकाको मेयरमा पराजित उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । केही समयअघि पुनः एमालेमै फर्किएका हुन् । सहकारी ठगीमा सबैभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताहरुको संलग्नता देखिएको छ ।
पोखरा वडा नं. ४ गैह्रापाटनमा सञ्चालनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा गईसकेका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तीन दिनसम्मको थुनछेक बहसपछि मात्र यस्तो आदेश आएको थियो ।
६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भएका छन् । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने मित्र मिलन सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगर पनि पुर्पक्षका लागि थुनामा छन् । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट करिब चार महिना अघि रिहा भएका थिए । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई धरौंटीमा छाड्ने आदेश दिएको हो ।
प्राइम सहकारीका कानुनी सल्लाहकार रहेका अधिवक्ता बरालले सहकारीबाट झण्डैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम ठगी गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदनबाट खुलेको थियो ।
जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो । यतिबेला जिल्ला अदालत कास्कीमा यो मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश