
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, ११ मंसिर । प्राइम सहकारी पोखराको करोडौं रुपैयाँ हिनामिना र ठगी गरेको आरोपमा नेकपा एमाले तनहुँका नेता शंकरनारायण श्रेष्ठ कारागार चलान भएका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षीय श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार आज ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएसँगैं उक्त रकम बुझाउन नसक्दा एमाले नेता श्रेष्ठ कारागार चलान भएका हुन् । पुर्पक्षका लागि कारागार नै चलान हुनुपर्ने एमाले नेता श्रेष्ठलाई दलगत दवावका कारण सेटिङमा नै धरौंटीमा छोड्ने चर्चा पक्राउ परेसँगैं बाहिरिएको थियो । नभन्दैं चर्चा चलेजस्तै श्रेष्ठलाई अदालतबाट धरौंटी माग भएको छ । धरौंटी बुझाएसँगैं उनी कारागार मुक्त हुनेछन् ।
२०७४ सालमा व्यास नगरपालिकाको मेयरमा पराजित उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । केही समयअघि पुनः एमालेमै फर्किएका हुन् । सहकारी ठगीमा सबैभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताहरुको संलग्नता देखिएको छ ।
पोखरा वडा नं. ४ गैह्रापाटनमा सञ्चालनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा गईसकेका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तीन दिनसम्मको थुनछेक बहसपछि मात्र यस्तो आदेश आएको थियो ।
६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भएका छन् । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने मित्र मिलन सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगर पनि पुर्पक्षका लागि थुनामा छन् । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट करिब चार महिना अघि रिहा भएका थिए । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई धरौंटीमा छाड्ने आदेश दिएको हो ।
प्राइम सहकारीका कानुनी सल्लाहकार रहेका अधिवक्ता बरालले सहकारीबाट झण्डैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम ठगी गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदनबाट खुलेको थियो ।
जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो । यतिबेला जिल्ला अदालत कास्कीमा यो मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल