
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
काठमाडौँ, १० मंसिर । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।
सहकारी ठगीसम्बन्धी समाचार आउन थालेपछि हतार–हतार गठबन्धन बनाएर गृहमन्त्री भएका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान दबाउन खोजेका थिए । तर, संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो ।
संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले कात्तिक २ मा लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन् । उनले काटेका चेकको प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ ।
प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ ।
‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘त्यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।’ त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको पनि प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने गरी ग्लोबल आईएमई बैंकमा सञ्चालन गरिएको खाताको विवरण संसदीय समितिले नै प्राप्त गरेको थियो । समितिले खाता सञ्चालकका रूपमा लामिछानेसहितले भरेको केवाईसी फारामसमेत फेला पारेको थियो । सोही खाताबाट लामिछानेले सहकारीलाई ब्याज पनि भुक्तान गरेको प्रमाण प्रहरीले संकलन गरेको हो ।
‘सहकारी ठगीमा संसदीय समितिले दिएको आधार तथा प्रमाणभन्दा थप गम्भीर प्रकृतिको प्रमाण भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘सहकारीसँगको कारोबारबारे जानकारी नै छैन भन्दै आएका लामिछानेले नै हस्ताक्षर गरी काटेका चेक फरेन्सिक परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।’
ती चेकमा भएको हस्ताक्षर आफ्नै भएको लामिछानेले प्रहरीसँग स्विकारिसकेका छन् । ‘बयानका क्रममा उहाँले मेरो हस्ताक्षर होइन भन्नुभएको छैन । मैले हस्ताक्षर गरेर अफिसको घर्रामा चेक राखेको थिएँ, कसैले काटिदियो होला, त्यो त मलाई थाहा छैन भन्नुभएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘पहिलेजस्तो यो मेरो हस्ताक्षर हुँदै होइन भन्नुभएको छैन ।’ त्यसो त गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका लामिछानेले त्यहाँ लगानी कसरी आयो, उनका नाममा सहकारीमा कसरी कारोबार भयो भन्ने सबै प्रश्नमा ‘खोइ, मलाई थाहा छैन’ भन्ने शैलीमा बयान दिँदै आएका छन् ।
गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, रूपन्देहीको सुप्रिम, पोखराको सूर्यदर्शन, चितवनको साहरा र वीरगन्जको सानोपाइला सहकारीबाट रकम ल्याई बचत अपचलन गरेको कसुरसहित प्रहरीले उनीसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध मुद्दा दायर भएको छ, गोर्खा मिडियाका सञ्चालकसमेत रहेका कुमार रम्तेलसहितका व्यक्ति पुर्पक्षका लागि कास्की कारागारमा छन् । त्यस्तै बुटवलको सुप्रिम सहकारी ठगीमा २८ जनाविरुद्ध मुद्दा दायर भएको छ । रूपन्देहीमा पक्राउ परेका व्यक्तिहरू पुर्पक्षका लागि थुनामा छन् ।
संसदीय छानबिन विशेष समितिको सिफारिसअनुसार अनुसन्धानमा जुटेको प्रहरीले संसदीय समितिले औंल्याएभन्दा बढी रकम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको पनि फेला पारेको छ । छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रकम प्रवाह भएको तथ्य संकलन गरेको थियो । ‘तर पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कम्तीमा ६७ करोड ७६ लाख रुपैयाँ रकम प्रवाह भएको देखिन्छ,’ स्रोतले भन्यो । उक्त रकम झन्डै ५० हजार बचतकर्ताको हो ।
ठगी, संगठित अपराध, सरकारी कागज किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसुरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि म्याद थप गरेको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई हिरासतमा राख्न म्याद थप गरेको हो । लामिछानेविरुद्ध यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरिएको थियो ।
लामिछानेले गोर्खा मिडियाको खातावालका रूपमा अन्य प्रयोजनका लागि काटेका चेक संसदीय समितिले प्राप्त गरेको थियो । संसदीय छानबिन विशेष समितिमा सदस्यसमेत रहेका रास्वपा सांसद शिशिर खनालले कान्तिपुरसँग भने, ‘रवि लामिछानेजीले हस्ताक्षर गरेको चेक त समितिको प्रतिवेदनमा उल्लेख गरिएकै छ । ती चेकहरू कि गोर्खा मिडियामा काम गर्ने कर्मचारीको तलबसँग सम्बन्धित थिए कि गोर्खा मिडियाले विभिन्न कम्पनीलाई रकम भुक्तान गर्ने विषयसँग सम्बन्धित थिए । संसदीय समितिले छानबिन गर्दा गोर्खा मिडिया र सहकारीबीच लेनदेनमा लामिछानेले चेक काटेको प्रमाण भेटिएको थिएन ।’
तर, प्रहरी अनुसन्धानमा भने सहकारीको ब्याज भुक्तान गर्न लामिछानेले नै काटेका चेक भेटिएको विषयमा प्रश्न सोध्दा खनालले भने, ‘यो विषय हाम्रो समितिको नोटिसमा आएको थिएन । अहिले अनुसन्धानका क्रममा रहेकाले हामीलाई पूर्ण जानकारी छैन । समाचारबाहेक के, कस्तो चेक भन्ने थाहा नभएकाले थप अध्ययनपछि मात्र प्रतिक्रिया जनाउन उपयुक्त हुन्छ ।’ -साभार : कान्तिपुर
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ