
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
बुटवल, १० मंसिर । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा बयान लिने क्रममा रूपन्देही प्रहरीमा हाजिर गराइएका रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो, उक्त सहकारीसँग कम्पनीले गरेको कारोबारबारे आफूलाई केही थाहा नभएको बयान दिएका थिए ।
तर, प्रहरीले कारोबारबारे थाहै छैन भने ब्याज भुक्तान गर्न किन चेक काट्नुभयो भन्दै प्रश्न गरेका थिए । एक प्रहरी अधिकारी भन्छन्, ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट रकम जम्मा भएको रहेछ, त्यो के हो भनेर सोधिएको थियो ।’
प्रहरीको प्रश्न सुनेर लामिछाने आक्रोशित बनेका थिए । ‘प्रमाणबिना आरोप लगाउने रु प्रमाण भए ल्याऊ भन्दै उहाँले चुनौती पनि दिनुभयो,’ एक प्रहरी अधिकारीले भने ।
‘त्यसपछि प्रहरीले हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइदियो, त्यो देखेपछि लामिछाने नर्भस हुनुभयो,’ उनले भने, ‘धेरैबेर घोरिएपछि मलाई मेरा कानुन व्यवसायीसँग बुझ्न दिनुस् भन्नुभयो । अनि बरन्डामा गएर थप घोरिनुभयो । धेरैबेरपछि फर्किएर मैले हस्ताक्षर गरेर घर्रामा राखेको चेकमा कसैले रकमसहितको विवरण भरेर बुझाएको हुन सक्छ भन्ने जवाफ दिनुभयो ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा पुर्याइएको थियो । पर्सिपल्ट कात्तिक २९ मा दिउँसो २ बजेसम्म बयान सकेर ३स्४० को जहाजबाट उनलाई पोखरा फिर्ता पठाउने तयारी थियो ।
त्यही तयारीअनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । अन्तिममा लामिछानेको हस्ताक्षरसहितको चेकबाट सहकारीमा रकम जम्मा भएको प्रश्न आएपछि बयान साँझ ७ बजेसम्म लम्बिएको थियो । ‘त्यस क्रममा प्रहरीसँग लामिछानेले धेरै लामो सवालजवाफ गर्नुभयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अन्त्यमा सहकारी कारोबारमा मेरो संलग्नता छैन भनेर इन्कारी बयान दिनुभयो ।’
पोखरा प्रहरीमा पनि ‘अरू कसैले चेक काटिदिएको हुन सक्ने’ बयान लामिछानेले दिएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको खातामा लामिछानेले रकम जम्मा गरिदिएको विषयमा पनि प्रश्न सोध्ने प्रहरीको तयारी छ । उनीसँग हालसम्म पोखरा र रूपन्देहीमा मात्रै बयान लिइएको छ । अन्य सहकारी ठगीमा सम्बन्धित जिल्लामा लामिछानेलाई लगेर बयान गराउने प्रहरीको तयारी छ । -साभार: कान्तिपुर दैनिक
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई