News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अध्यक्ष प्रचण्डद्वारा गणतन्त्रको पक्षमा एक हुन अनुरोध

अध्यक्ष दाहालगोरखा ६, मङ्सिरः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोरखाले बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको पार्टीका अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः दीपक श्रेष्ठ÷रासस

गोरखा, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्र गोरखाले आज जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको ‘पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष दाहालले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध गर्नुभयो ।

पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्तिको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने/उल्ट्याउने कोशिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’’

पहिलो संविधानसभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले राजनीतिक इतिहासको सुक्ष्म ढङगबाट समीक्षा गरी आमजनताको विश्वास जित्नेगरी काम गर्न पार्टी पङ्तिको ध्यानाकर्षण गर्नुभयो ।

सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै उहाँले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पु¥याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताउनुभयो ।

डनन्यूज ट्रेन्डिङ