
१शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
३लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
४फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
७अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
८ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
९सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१०आजदेखि एसईई परीक्षा सुरु
११एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
१२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
काठमाडौँ, ५ मङ्सिर । नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ ।
तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज बुधबार १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउन उहाँहरुको योगदान सदासर्वदा स्मरण भइरहने धारणा व्यक्त गरिएको हो ।
अधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले तुलाधर आफैँ वामपन्थी भएकाले माओवादीसँगको भावनात्मक सम्बन्ध र निकटता रहेको उल्लेख गर्नुभयो । उहाँले ढुङ्गानाको लोकतन्त्र र शान्ति प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता र इमान्दारीका कारण सत्तापक्ष र विद्रोहीलाई शान्ति सम्झौता ल्याउन सम्भव भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “दुवै जना दिवङ्गत भइसके पनि नेपालको शान्ति प्रक्रिया अघि बढ्नुमा ढुङगाना र तुलाधरको अत्यन्त ठूलो योगदान छ भनी सबैले स्वीकार गरेको विषय हो ।” स्वतन्त्र वामपन्थी तथा मानवअधिकारकर्मी तुलाधरको विसं २०७५ कात्तिक १८ गते र संविधानका ज्ञाता ढुङ्गानको यही मङ्सिर २ गते निधन भएको थियो ।
प्राध्यापक श्रेष्ठले उहाँहरुले नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्दै मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । “शान्ति प्रक्रियाको महत्वपूर्ण विशेषता भनेको नेपालीहरु आफैँले पहिल्याएको बाटो हो । अप्ठ्यारो परेका बेला जस्तोसुकै समस्या समाधान गर्न नेपाली आफैँ सक्षम छन् भन्ने सन्देश यसमार्फत विश्व समुदाय दिन सफल भएको छ ।”
पछिल्लो समय सङ्क्रमणकालीन न्यायका सम्बन्धमा संसद्मा निकै लामो बहस र छलफलपछि कानुन पारित भएको छ । सङ्क्रमणकालीन न्यायमार्फत द्वन्द्वको घाउलाई किनार लगाउन सकियोस् भन्नेमा तुलाधर र ढुङ्गाना चिन्तित हुनुहुन्थ्यो । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ फरक राजनीतिक अभ्यास गरिरहेका तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीलाई एकै ठाउँमा ल्याउन तुलाधर र ढुङ्गाले अथक मेहनत गर्नुभएको उहाँले स्मरण गर्नुभयो । “मिल्न नसकेका दुवै पक्षलाई आपसमा विचार आदानप्रदान गरी मिलन बिन्दु पत्ता लगायर शान्ति प्रक्रियामा ल्याउन उहाँहरुको ऐतिहासिक योगदान थियो”, श्रेष्ठले भन्नुभयो, “त्यतिखेर उहाँहरुले मध्यस्थता नगरेका भए यति छिटो शान्ति प्रक्रिया ल्याउन असम्भव थियो ।”
उहाँहरुकै पहलमा दुवै थरीलाई साझा मुद्दा पहिल्याइ शान्ति वार्ता हुँदै बाह्र बुँदे समझदारीसम्म ल्याउन सहयोग गर्नुभएको श्रेष्ठको भनाइ छ । “माओवादी संविधानसभाभन्दा तल नमान्ने, अन्य दल संसदीय व्यवस्था नछाड्ने, माओवादीलाई बहुदल र संसदवादी दललाई संविधानसभा मान्न लगाउने गरी मिलन बिन्दु पहिल्याउन उहाँहरुको योगदान छ”, उहाँले भन्नुभयो, “तुलाधर र ढुङ्गाना बिनाको शान्ति सम्झौताको परिकल्पना गर्न सकिँदैनथ्यो, पछाडि कुनै बिन्दुमा हुन्थ्यो होला, यति छिटै नेपालमा शान्ति नआउन सक्थ्यो ।”
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने