
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौँ, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वका सरकारले अघि बढाएका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन आग्रह गर्नुभयो ।
“जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।” सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको दाबी गर्दै उहाँले पार्टीले पूरा गर्न नसकेका काम सम्पन्न गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गर्नुभयो ।
कीर्तिपुर क्षेत्र इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्ने छ ।”
इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षक तथा कीर्तिपुरका सामाजिक व्यक्तित्वका रुपमा स्थापित प्राडा शिवशरण महर्जनलाई पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । विभिन्न जातजातिको सङ्गम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल नेतृत्व प्राडा महर्जनले मात्रै गर्न सक्ने बताउनुभयो ।
“सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जीत निश्चित छ ।”
महर्जनको उम्मेदवारी घोषणा
माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्राडा महर्जन, वडा नं १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नं ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई अघि सारेको छ । उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मतरुपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराउनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई