
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
भक्तपुर, २६ कात्तिक । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ ।
मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक बुढाथोकीले राससलाई भन्नुभयो, “म आएको एक महिना भयो, अघिल्लो वर्षको अपराधको तथ्याङ्क अध्ययन गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा लागुऔषध कारोबारी र दुव्र्यसनी कोही पनि पक्राउ नपरेको, मुद्दा नचलेको र भक्तपुर लागुऔषधमा शून्य भएको पाएँ, मलाई शङ्का लाग्यो र अभियान सुरु गरे, अवस्था फरक रहेछ, धमाधम पक्राउ गर्न थालेका छौँ ।”
उहाँले औषधि व्यवसाय नै लागुऔषध कारोबारको हब बन्न थालेको आशङ्का पैदा भएको जनाउँदै औषधि पसल, ब्युटीपार्लरदेखि प्रयोगकर्तासम्मलाई पक्राउ गर्ने अभियान सुरु गरेको बताउनभयो । प्रहरीले गत शनिबार मध्यपुरथिमि–९ राधेराधेस्थित सुजु मेडिकलबाट लागुऔषधको कारोबार गरेको पाइएपछि सञ्चालक ४८ वर्षीय गणेशप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।
प्रहरी उपरीक्षक बुढाथोकीले भन्नुभयो, “सुजु मेडिकलबाट लागुऔषध बिक्री वितरण भइरहेको अवस्थामा फार्मेसीबाट पाँच सय ३० थान ट्याब्लेट लागू औषध बरामद गरेका छौँ, त्यसैगरी मध्यपुरथिमि नगरपालिका–१ लौहकिन्थली अर्को फार्मेसीका सञ्चालक रोहित सिंहसहित बलिराम खड्कालाई एक सय ८० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।”
उहाँले लागुऔषध दुव्र्यसन रोक्न यसको कारोबार नै रोक्नुको विकल्प नभएको भन्दै प्रहरी त्यसमा केन्द्रित भएको बताउनुभयो । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले पक्राउ परेका सेवनकर्ता २८ वर्षीय राजेश गुरागाईंका साथबाट ५० एमजीको ट्याब्नाडोल तीन थानसहित पक्राउ गरेर सोधपुछका क्रममा रोधरोधस्थित सुजु मेडिकलबाट खरिद गरेको बताएपछि प्रहरीले उक्त मेडिकलमा छापा मारेको बताउनुभयो ।
प्रहरीले उक्त फार्मेसीबाट टपेनाडोल ५० एमजीका तीन सय २० थान ट्याब्लेट र टपेनाडोल एक सय, एमजीका २१० थान ट्याब्लेट बरामद गरेको प्रनाउ नेउपानेले बताउनुभयो ।
प्रहरीले भक्तपुरको सल्लाघारीस्थित रानीपोखरीबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाँउपालिका–६ घर भई भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीय सुशील कार्की र रामेछापको मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने २२ वर्षीय हिरे माझी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध ५० एमजीका ७० थान ट्रामा बरामद गरिएको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।
यसअघि पनि प्रहरीले फार्मेसी र ब्युटीपार्लरबाट अवैध लागूऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले लागुऔषधि कारोबार रोक्न फार्मेसीदेखि ब्युटीपार्लरसम्म गोप्य सर्च अभियान सञ्चालन गर्ने प्रहरीले जानकारी दिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ