
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भक्तपुर, २६ कात्तिक । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ ।
मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक बुढाथोकीले राससलाई भन्नुभयो, “म आएको एक महिना भयो, अघिल्लो वर्षको अपराधको तथ्याङ्क अध्ययन गर्ने क्रममा अघिल्लो आर्थिक वर्षमा लागुऔषध कारोबारी र दुव्र्यसनी कोही पनि पक्राउ नपरेको, मुद्दा नचलेको र भक्तपुर लागुऔषधमा शून्य भएको पाएँ, मलाई शङ्का लाग्यो र अभियान सुरु गरे, अवस्था फरक रहेछ, धमाधम पक्राउ गर्न थालेका छौँ ।”
उहाँले औषधि व्यवसाय नै लागुऔषध कारोबारको हब बन्न थालेको आशङ्का पैदा भएको जनाउँदै औषधि पसल, ब्युटीपार्लरदेखि प्रयोगकर्तासम्मलाई पक्राउ गर्ने अभियान सुरु गरेको बताउनभयो । प्रहरीले गत शनिबार मध्यपुरथिमि–९ राधेराधेस्थित सुजु मेडिकलबाट लागुऔषधको कारोबार गरेको पाइएपछि सञ्चालक ४८ वर्षीय गणेशप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।
प्रहरी उपरीक्षक बुढाथोकीले भन्नुभयो, “सुजु मेडिकलबाट लागुऔषध बिक्री वितरण भइरहेको अवस्थामा फार्मेसीबाट पाँच सय ३० थान ट्याब्लेट लागू औषध बरामद गरेका छौँ, त्यसैगरी मध्यपुरथिमि नगरपालिका–१ लौहकिन्थली अर्को फार्मेसीका सञ्चालक रोहित सिंहसहित बलिराम खड्कालाई एक सय ८० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।”
उहाँले लागुऔषध दुव्र्यसन रोक्न यसको कारोबार नै रोक्नुको विकल्प नभएको भन्दै प्रहरी त्यसमा केन्द्रित भएको बताउनुभयो । जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले पक्राउ परेका सेवनकर्ता २८ वर्षीय राजेश गुरागाईंका साथबाट ५० एमजीको ट्याब्नाडोल तीन थानसहित पक्राउ गरेर सोधपुछका क्रममा रोधरोधस्थित सुजु मेडिकलबाट खरिद गरेको बताएपछि प्रहरीले उक्त मेडिकलमा छापा मारेको बताउनुभयो ।
प्रहरीले उक्त फार्मेसीबाट टपेनाडोल ५० एमजीका तीन सय २० थान ट्याब्लेट र टपेनाडोल एक सय, एमजीका २१० थान ट्याब्लेट बरामद गरेको प्रनाउ नेउपानेले बताउनुभयो ।
प्रहरीले भक्तपुरको सल्लाघारीस्थित रानीपोखरीबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाँउपालिका–६ घर भई भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीय सुशील कार्की र रामेछापको मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने २२ वर्षीय हिरे माझी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध ५० एमजीका ७० थान ट्रामा बरामद गरिएको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।
यसअघि पनि प्रहरीले फार्मेसी र ब्युटीपार्लरबाट अवैध लागूऔषध कारोबार भइरहेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले लागुऔषधि कारोबार रोक्न फार्मेसीदेखि ब्युटीपार्लरसम्म गोप्य सर्च अभियान सञ्चालन गर्ने प्रहरीले जानकारी दिएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल