
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ ।
यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने धारणा राख्नुभयो ।
नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीले भन्नुभयो, “कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।”
यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने धारणा राख्नुभयो ।
यही कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुनेछ ।
अभियानमा खासगरी युवालाई रोजगारीको सुनिश्चितताका लागि पहलका साथै दबाब सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन र सुशासन पहल र खबरदारी गर्ने तथा महङ्गी र मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने र समाधानको उपायसमेत देखाउने नेता शाहीले जानकारी दिनुभयो ।
सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानीका लागि आवश्यक पहलसमेत सङ्कल्प यात्राले गर्ने उल्लेख गर्दै नेता शाहीले त्यसक्रममा युवाहरूलाई उद्यमशीलता, नवप्रवर्तन र कृषिमा उत्प्रेरित गरिने जानकारी दिनुभयो ।
हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार तथा नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियतका लागि अग्रसरता लिइने पनि त्यस अवसरमा जानकारी दिइयो ।
नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको राजनीतिलाई नैतिक, सिद्धान्त प्रेरित र मूल्य, मान्यतामा आधारित बनाउन युवा सङ्कल्प यात्राले नेपालको राजनीतिलाई स्वच्छ, स्वस्थ र नैतिक मूल्य, मान्यतामा आधारित बनाउनका लागि पहल गर्ने पनि स्पष्ट गरिएको छ ।
पार्टीका महासमिति सदस्य प्रेमीका रानाले युवा पुस्ताले नकारात्मक भाव बोकेर अरुको आलोचनामै समय खर्चने नभई समाजमा उठेका विषयवस्तुको समाधान र सफलताको सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
युवानेत्री तथा कलाकार राधिका हमालले देश बनाउन र नागरिकलाई सवल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति पोख्रेलले शैक्षिक योग्यताअनुसारको रोजगारी नपाएर भौतारिरहेका युवालाई देश निर्माणको अभियानमा जुटौँ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
यात्रामा नेता शाहीसहित रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत ४० जना केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुनुहुनेछ । रासस
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई